
मंसिर २९ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर २९ गते बुधबार इश्वी सन २०२१ डिसेम्बर १५ तारीख मार्गशीर्ष शुक्लपक्ष द्वादशी तिथी अश्विनी नक्षत्र पश्चात भरणी नक्षत्र परिघ योग वव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मृत्यु योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा...