
मन्त्रीहरुलाई माधव नेपालले अकस्मात सरकारबाट फिर्ता किन बोलाए ?
काठमाडौँ
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको हल्ला चलेपछि केही समय नेताहरुलाई तनाव भएको छ ।
नेपालले बिहान ११ बजे पार्टी कार्यालयमा छलफलका लागि बोलाएको विषयलाई सरकारबाट फिर्ता बोलाएको भन्दै हल्ला चलेको थियो ।
पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाइएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले पुष्टि गरे । अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको मन्त्री खतिवडाको भनाई छ ।
जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उनको भनाइ छ । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए ।
एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा गलत काम गरेको खण्डमा मन्त्र...