करण केसीले नेपाललाई दिलाए पहिलो सफलता

खेलकुद

काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानविरुद्ध जारी खेलमा पहिलो ओभरमै नेपाललाई सफलता मिलेको छ । पहिलो ओभरको अन्तिम बलमा नेपालले विकेट लिएको हो । पहिलो ओभरमा बलिङ गर्न आएका करण केसीले जितेन्द्र सिंहलाई ५ रनमा आउट गराएका हुन् । आजको खेलमा नेपाली टोलीका खेलाडी अविनास बोहोरा र सुशान भारीले डेब्यू गरेका छन् ।

आजको खेलमा जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ । यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् ।

नेपाली टोली: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने

ओमान टिम : जिसम मसुद (कप्तान), अकिब इल्यास (उपकप्तान), जितेन्दर सिंह, खावर अली, सनुथ अब्राहिम, सुरज कुमार, मोहमद नसीम, सन्दीप गोड, मोहमद नदीम, जय ओडेद्रा, बादल सिंह, अहमेद फयाद बट, खलीमुल्लाह, बिलाल खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *