न्युजिल्याण्डबिरुद्धको पहिलो वनडे अगाडि नै भारताई लाग्यो यति ठुलो झड्का

खेलकुद

काठमाडौं : भारतीय क्रिकेट टिमका उपकप्तान बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले न्युजिल्याण्डविरुद्धका एकदिवसीय र टेष्ट सिरिज खेल्न नसक्ने भएका छन् । पीडुलकाको चोटले ओनर ब्याट्सम्यान रोहितले एक दिवसीय र टेष्ट सिरिज गुमाउने भएका हुन् ।

रोहितले टी-ट्वान्टी सिरिज अन्तर्गत पाँचौं तथा अन्तिम खेलमा खुट्टाको चोट बोकेका थिए । न्यूजिल्याण्ड बिरुद्धको अन्तिम टी-ट्वान्टीमा रोहित ६० रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यद्यपी सो खेल पनि भारतले नै जित्दै पाँच खेलको सिरिज क्लिन स्विप गरेको थियो । अब भारतले न्युजिल्याण्डसँग ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेष्ट सिरिज खेल्ने छ ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पटवालले किन दिए राजीनामा ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले आइतबार पदबाट राजीनामा दिएका छन् । कीर्तिपुरमा माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, आमोन र अमेरिकाबीच त्रिकोणात्मक सिरिज सकिएसँगै लागू हुने गरी पटवालले राजीनामा दिएका हुन् ।

पटवालले आफ्नो राजीनामा आईसीसीमा पठाएको र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि वोधार्थ गराएका छन् । क्यानका महासचिव अशेकनाथ प्याकुरेलले भने पटवालको राजीनामा दिएको विषय समाचार पढेर मात्र थाहा पाएको बताए । उनले क्यानमा राजीनामा पत्र नआएको पनि स्पष्ट पारे । पटवाल पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग असन्तुष्ट रहँदै आएको बुझिएको छ ।

आइसीसीले क्यानलाई निलम्बन गरेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा पटवाललाई सन् २०१९ को जुनमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक बनाईएको थियो । उनी पहिला पनि नेपाली टोलीको कन्सल्ट्यान्ट ब्याटिङक प्रशिक्षक थिए । नेपालमा पटवाललाई मासिक सात हजार अमेरिकी डलर पाउने गरी मुख्य प्रशिक्षक बनाइए पनि तलबमा कर लगाएका कारण उनी असन्तुष्ट थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *