त्रिकोणात्मक शिरिज हुनु दुई दिन अगाडि नेपाली टिमका भारतिय कोचले दिए राजिनामा , यस्तो भित्री कारण

खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्। पटवालले नेपाल, अमेरिका र ओमानबीच आगामी बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने त्रिकोणात्मक सिरिजपछि लागु हुने गरी राजीनामा दिएका हुन्।

स्रोतका अनुसार पटवाल पोखरामा भएको बन्द प्रशिक्षण दौरान नै राजीनामा दिने मनस्थितिमा थिए। नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी उनीसँग असन्तुष्ट रहेका थिए। मासिक ७ हजार डलर तलबमा पाउने पटवालसँग २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो।

यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट थिए। उनले यो रकम कर बाहेकको हुनु पर्ने भन्दै तलब लिन नै अस्वीकार गरेको स्रोतको दाबी छ। पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले नेपाली टिमको प्रशिक्षकमा नियुक्त गरेकाले उनले आइसिसीलाई नै राजीनामा पठाएका छन्। उनी एक वर्षअघि युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि पटवाल कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक थिए।

०७४ फागुनमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटका लागि पहिलो पटक उनी नेपाली टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनेका थिए। सो भ्रमणमा नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएका थियो। उनले प्रशिक्षकको रुपमा सिंगापुरमा भएको टी-२० विश्वकपको एसिया छनोटका नेपाली टिमको पहिलो पटक प्रशिक्षण सम्हालेका थिए। तर सो प्रतियोगिताबाट नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो।

मुम्बईका पटवालले यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए। सन् २०१४ को टी–२० विश्वकप र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए। त्यसपछि उनले अफगानिस्तानको घरेलु लिगमा प्रशिक्षक भएर काम गरे।

इन्टरको जितमा लुकाकु नायक

रोमेलु लुकाकु चम्किएपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा उडिनेसमाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले उडिनेसलाई उसैको मैदानमा २–० गोलले हरायो ।

इन्टरको जितमा लुकाकु नायक बने । दुवै गोल लुकाकुले गरेका थिए । पहिलो हाफ गोल रहति बराबरीमा सकिएको खेलमा लुकाकुले ६४औँ मिनेटमा गोलको खाता खोले । उनले निकोलो बरेलाको पासमा गोल गरेका थिए । लुकाकुले ७०औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए ।

एलेक्सिस सान्चेजलाई उडिनेसका जुवान मुसोले फल हानेपछि पाएको पेनाल्टीलाई लुकाकुल सदुपयोग गरेका थिए । त्यसपछि थप गोल नहुँदा इन्टर सजिलै विजयी भयो । जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले २२ खेलबाट ५१ अङ्क बनाएको छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५४ अङ्क छ । २४ अङ्क बनाएको उडिनेस १५औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *