एजेन्सी। हाम्रो समाजमा अझै पनि कताकती छोरी पाउदा बुहारीलाई अपमान गर्ने गरिन्छ । यस्तो प्रवृत्ति दक्षिण एशियामा अझै पनि छ । भारतमा एक महिलाले छोरी पाउदा उनकी सासु निकै खुशी भएकी छिन् । यो कुरा भारतको उत्तर प्रदेशको हो ।बुहारीले छोरी पाएपछी सासु खुशी हुदै आफ्नी बुहारीलाई कार उपहार दिएकी छिन् । उनले छोरी पाएको भन्दै अंगालो हाल्दै कार उपहार दिएकी हुन् । स्वास्थ्य विभागको बतौर निरिक्षकको पदबाट रिटायर्ड भएकी सामु प्रेमा देवी आफ्नो छोरा बुहारीसंग बस्ने गर्छिन् ।
ती सासुले छोरा भन्दा छोरी धेरै राम्रो हुने बताएकी छिन् । उनैले बुहारीले छोरी पाउदा खुशी हुदै कार उपहार दिएकी हुन् । उनका छोरा पनि हमीरपुर जिल्ला मुख्यालयमा सरकारी सेवामा कार्यरत छन् ।बुहारी भो घरमै बस्छिन् । उनले आफ्नो बुहारीलाई छोरी जस्तै ब्यबहार गर्छिन् । बुहारीले छोरी पाएपछी उनले घरमा पार्टी राखिन् । बुहारीलाई होन्डा सिटी कार खरिद गरेर उपहार पनि दिइन् ।
काठमाडौं : ‘कालापानी विवाद’मा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ दस्तावेज सार्वजनिक गरेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा परराष्ट्रमन्त्री वालीले कालापानी विवादबारे ऐतिहासिक दस्तावेज प्रस्तुत गरेका हुन्।
राष्ट्रिय सभामा कालापानीबाट भारतीय सेना हटाउनेसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले विवादको पृष्ठभूमी र अहिलेको अवस्थाबारे ऐतिहासिक दस्तावेज प्रस्तुत गरेका हुन्। राष्ट्रियसभा बैठकले बिहीबार कालापानीबाट भारतीय सेना हटाउनुपर्ने संकल्प प्रस्ताव पारित गरेको छ।
मन्त्री ज्ञवालीले नेपालको संविधानले पहिलो पटक राष्ट्रियताको परिभाषा गरेको उल्लेख गर्दै संविधान अनुसार बनेको सरकारले त्यसको अक्षरस पालना गरेको बताए। ‘ज्ञवालीले भने, ‘नेपालको वर्तमान सीमा सुगौली सन्धिबाट निर्धारण गरिएको हो। हामीलाई गौरव छ, संसारका थोरै मुलुक कहिल्यै कसैको पराधिन भएनन् त्यसमध्ये नेपाल पनि एक हो भन्दा हाम्रो शिर सगरमाथा जस्तै ठाडो हुन्छ।’