आईसिसी बरियतामा नेपालको फितलो प्रदर्शन , पारस र सन्दिप तल खस्किए

खेलकुद

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी(ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ ।

यसअघि पनि नेपाल टी-ट्वान्टीतर्फ १२ औं स्थानमै रहेको थियो । टी-ट्वान्टीतर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान हो । टी-ट्वान्टीको विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् ।

टी-ट्वान्टीको खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पारस खड्काको वरियता घटेको छ । नयाँ वरियतामा पारस ६२ औं स्थानमा रहेका छन् । अघिल्लो पटक पारस ६० औं स्थानमा रहेका थिए ।

बलिङतर्फ सन्दीप लामिछानेको वरियता घटेको छ । अघिल्लो पटक ८३ औं स्थानमा रहेका सन्दीप ८५ औं स्थानमा झरेका छन् ।अलराउण्डतर्फ पारस यथावत २७ औं स्थानमा रहेका छन् भने सोमपाल कामी ६५ औं स्थान बनाउन सफल छन् । अलराउण्डरतर्फ करण केसी एक स्थान सुधार गर्दै ७५ औं स्थानमा उक्लिएका छन् ।

३२ वर्षे जोकोभिचले जिते अस्ट्रेलियन ओपन टेनिसको उपाधि

अस्ट्रेलियन ओपन टेनिसको उपाधि सर्वियाका खेलाडी नोभाक जोकोभिचले जितेका छन् । लगातार दोस्रो पटक यो प्रतियोगिताको उपाधि जित्ने क्रममा जोकोभिचले डोमिनिच थिमलाई पाँच सेटमा हराए ।

करियरको १७ औं ग्राण्डस्लामको उपाधि जित्ने क्रममा जोकोभिचले थिमलाई ६-४, ४-६, २-६, ६-३ र ६-४ को सेटमा पराजित गरे । जोकोभिचको यो करियरको आठौं अस्ट्रेलियन उपाधि हो । ३२ वर्षे जोकोभिचले खेलका बेला दुई पटक कोर्टमा नै उपचार गराएका थिए ।

पाँचौँ वरीयताका २६ वर्षे थिम पहिलो पटक ग्राण्डलामको उपाधि जित्नबाट चुके । उनी तेस्रो पटक ग्राण्डस्लामको फाइनलमा पराजित भए । जोकोभिचले पहिलो सेट ६-४ले जिते पनि त्यसपछि लगातार दुई सेट गुमाएका थिए । थिमले दोस्रो सेट र तेस्रो सेट समान ६-२ ले जितेका थिए । तर त्यसपछि जोकोभिचले उत्कृष्ट कमब्याक गर्दै चौथो सेट ६-३ ले जिते भने पाँचौँ सेट ६-४ ले आफ्नो पक्षमा पारे ।

पुरुष टेनिसमा सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीमा जोकोभिच तेस्रो स्थानमा छन् । पहिलो स्थानमा रोजर फेडेरर छन् । उनले २० वटा ग्राण्डस्लाम जितेका छन् भने दोस्रो स्थानमा रहेका राफेल नाडालले १९ तथा तेस्रो स्थानमा रहेका जोकोभिचको १७ ग्राण्डस्लाम पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *