सन्दीपले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनको खातामा पैसा

खेलकुद

काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले माघ २२ गतेदेखि हुने आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८,८४८ रुपैयाँ चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा सहयोग गर्ने भएका छन् ।

सन्दीपले आइतबार सामाजिक सञ्जालबाट सिरिजमा आफुले लिने प्रत्येक विकेट बराबर उक्त रकम सहयोगको घोषणा गरेका हुन् । सन्दीपले नेपाली क्रिकेट समर्थकलाई धेरै विकेट लिन आफुलाई शुभकामना दिन आग्रह पनि गरेका छन् । ‘म नेपाल क्रिकेटलाई एक शक्तिको रुपमा हेर्न चाहान्छु । जसलाई कसैले बेवास्ता गर्न सक्दैनन् ।

नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण चाँडै नै यथार्थमा परिणत हुनेछ,’ उनले भनेका छन् । कीर्तिपुर मैदानमा २९ गतेसम्म चल्ने सिरिजमा नेपाल, अमेरिका र ओमनबीच प्रतिस्पर्धा हुँदैछ ।

फातीको गोलमा बार्सिलोना विजयी

सुपर स्टार लियोनल मेस्सी र युवा स्टार अन्सु फाती चम्किएपछि साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लिभान्तेमाथि रोचक जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई २–१ गोलले हरायो ।

बार्सिलोनाको जितमा दुवै गोल फातीले गरे । फातीलाई दुवै गोलको अवसर कप्तान मेस्सीले जुराईदिएका थिए । ३०औँ मिनेटमा फातीले मेस्सीको पासमा गोल गर्दै घरलु टोलीको उत्साह बढाए । उनले लगत्यै मेस्सीक पासमा अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखिनै लगातार गोल गर्ने अवसर बनाएपनि बार्सिलोनाले थप गोल गर्न भने सकेन ।

लिभान्तेले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । लिभान्तेका लागि रुबेन रोसिनाले सान्त्वना गोल गरे । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले २२ खेलबाट ४६ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिड भन्दा तीन अङ्कले पछि छ । रियलको ४९ अंक छ । २६ अंक बनाएको लिभान्ते १३औं स्थानमा छ ।

अर्को खेलमा एथ्लेटिक विल्बाओलाई २–० गोलले हराउँदै गेटाफे तेस्रो स्थानमा उक्लियो । जितसँगै गेटाफेले ३९ अङ्क बनाएको छ । ३१ अंक बनाएको बिल्बाओ नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *