बधाई ! न्युजिल्यान्डमाथि टी-२० सिरिजमा भारतको कीर्तिमानी क्लिनस्वीप

खेलकुद

काठमाडौं, माघ १९ : न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी-२० सिरिज भारतले ह्वाइटवास गरेको छ। भारतले आइतबार भएको पाँचौ तथा अन्तिम खेलमा घरेलु टिम न्युजिल्यान्डलाई ७ रनले पराजित गरेको हो। जितसँगै भारतले पाँच खेलको टी-२० सिरिज पहिलो पटक ह्वाइटवास गरेर इतिहास बनायो।

पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १६३ रन जोड्यो। भारतका लागि कप्तान रोहित शर्माले ६३ रन जोडे भने केएल राहुलले ४५ रन र श्रेयस इयरले नटआउट ३३ रन बटुले। बलिङमा न्युजिल्यान्डका स्कट कुजेलेइजले २ विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेटको क्षतिमा १५६ रन मात्र जोड्न सक्यो। न्युजिल्यान्डका रोश टेलरले ५३ रन र टिम सेइफर्टले ५० रन जोडे पनि जितका पर्याप्त हुन सकेन। बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिए भने नवदिप शैनी र शार्दूल ठाकुरले २-२ विकेट हात पारे।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *