बिहानै दूध बेच्न हिँडेकी मनमायाको का’ल बनेर आयो टिपर

समाचार

काठमाडौं । गोरखा नगरपालिका वडा नम्बर १० अमलापानीकी ५२ वर्षीय मनमाया तामाङ शुक्रबार बिहान दूध बेच्न नजिकैको छेपेटार बजार जाँदै थिइन्। बाक्लो कुहिरो लागेको थियो।

छेपेटार बजार जाने बाटोमा गोरखकाली क्रसर छ। क्रसरमा टिपरको ओहोरदोहोर बाक्लो हुन्छ। सधैं यही बाटो गुड्ने टिपरले शुक्रबार बिहान मनमायको जिवन नै समाप्त पारिदियो। क्रसर परिसरको छेउमा हिँडिरहेकी मनमायालाई ग१ख ८०२७ नम्बरको टिपरले कि’च्यो। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनमायाको घट’नास्थलमै मृ’त्यु भयो।

पौने सात बजेतिर टिपरले उनलाई कि’चेको थियो। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। आक्रो’शित स्थानीय बासिन्दाले २० भन्दा बढी टिपर र छ वटा एक्साभेटरका सिसा फुटाइदिएका छन्।

गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिए। टिपर चालक नियन्त्रणमा लिएको र भीड नि’यन्त्रणको प्रयास गरिरहेको उनले बताए। स्थानीय बासिन्दाले अ’वैध क्रसर उद्योग बन्द नगरेसम्म श’व नउठाउने अडान राखेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *