क्रिस गेलले भने- ” नेपालमा मेरो धमाका हेर्न तयार हुनुहोस् ” ( भिडियो हेर्नुस )

खेलकुद

काठमाडौं । वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेलले नेपालमा क्रिकेट खेल्ने भएका छन् । विश्व चर्चित विस्फोटक ब्याट्सम्यान गेलले नोपलमा आयोजना हुन लागेको आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्न लागेका हुन् । इपीएलमा गेलको आगमनले नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण हुने आयोजकले जनाएको छ । गेलले पोखरा राइनोजबाट इपीएल खेल्न लागेका हुन् । पोखरा राइनोजले बिहिबार पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने निश्चित भएको जानकारी दिएको छ ।

‘इपीएलको सफलता चुलिएका कारण विश्व प्रख्यात गेललाई टोलीमा समावेश गर्न सफल पोखरा राइनोजका मालिक दीपा अग्रवालले बताइन् । यसले नेपाली क्रिकेट र सर्मथकलाई थप खुशी दिलाउनेछ’ दिपाले भनिन् । गेललाई नेपाल बेलाउन र खेलाउनका लागि लामो कसरथ गर्नुपरेको इपीएलका निर्देशक आरिम आख्तरले बताए । ६÷७ महिनाको तयारीपछि गेन नेपाल आउन तयार भएको पनि अख्तरले बताए । गेल टी–२० क्रिकेटका राजा मानिन्छन् । उनको नाममा टी–२० मा सयौं किर्तिमान बनेका छन् ।

क्रिस गेलले नेपाल आउन पाउदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्। उनले आफ्नो धमाका हेर्नका लागि नेपाली समर्थकलाई तयार रहन आग्रह गरेका छन्। उनले आफ्नो प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक हुने समेत बताए। ४० वर्षीय गेल विश्वका टी-२० क्रिकेट लिगका लागि चर्चित छन्। उनले टी-२० खेलमा ४०४ खेल खेल्दै १३ हजार भन्दा बढी रन बनाएका छन्। जसमा २२ शतक र ८२ अर्धशतक सामेल छन्।

पोखरा राइनोजबाट गेलले कति खेल खेल्छन् त्यो भने पछि नै तय हुने आयोजकले जनाएको छ । इपीएलका लागि यसपटक अन्य चर्चित विदेशी खेलाडी पनि आउने भएका छन् । यसपटक भैरहवा ग्लाडिएटर्सले वेस्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ । साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन खेलाडी उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *