सरुवा भएर पनि प्रचण्डको आदेश पछि एसपी दानबहादुर मल्लले जिल्ला छोड्न नमानेपछि, प्रहरी कार्यालयले १२ घण्टाभित्र चितवन छोड्न दियो निर्देशन

समाचार

३ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ । चितवनमा कार्यरत मल्ल सुरुवा भएको लामो समय सम्म पनि जिल्ला नछोडेपछि उनलाई यस्तो निर्देशन दिइएको हो । उनलाई सरुवा भएको स्थान सुरक्षा निर्देशनालयमा जान निर्देशन दिएको हो ।प्रहरी प्रधान कार्यालयले मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाएको छ । तर, मल्लले अझै पनि जिल्ला नछोडेका कारण पन्त चितवन जान पाएकी छैनन् । मल्लले सरुवा भएर आएको ९ महिनामा नै फेरी सरुवा भएको भन्दै असन्तुष्टी जनाएका थिए । प्रदेश कार्यालयले मल्ललाई पत्र काटेर सरुवा भएको स्थानमा जान निर्देशन दिएको हो ।

आईजीपी सर्वेन्द्र खनालले गृहसचिव प्रेमकुमार राईसँग नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग मल्लको सरुवा गरेको भन्दै रिपोर्टिङ गरेका थिए । पछि प्रचण्डले सरुवाको एक वर्ष नपुगेको भन्दै असन्तुष्टी जनाएका थिए ।त्यसपछि गृहसचिव राई र गृहमन्त्री रामबहादुर थापा बादलको बैठक बस्यो । त्यसपछि आईजीपी खनाललाई तत्काल सरुवा रोक्न निर्देशन दिएका थिए । प्रचण्डको पीएसओ हुँदा मल्ल डीएसपी थिए । मल्लको ठाउँमा पठाइएकी पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डविरुद्ध गरेको टिप्पणीले विवादमा आएकी थिइन् ।

चितवनमा प्रचण्डक विश्वासपात्र एसपी मल्ललाइ हटाएर गंगा पन्तलाई पठाए पछि, आइजिपी खनालको सरुवा प्रचण्डद्वारा बदर ?डिआईजी जस्तै प्रहरीको एसपीको सरुवा पनि विवादमा परेको छ । खासगरी चितवनको सरुवा विवादमा परेको हो ।चितवनका एसपी दानबहादुर मल्ललाई हटाएर गंगा पन्तलाई पठाइएको थियो । यसप्रति नेकपाका अध्यक्ष प्रचण्डको परिवारले असन्तुष्टि जनाएपछि पन्त चितवन जाने सम्भावना कम छ । चितवन प्रचण्डको गृह जिल्ला हो । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर छन् ।

विगतमा प्रचण्डलाई फेसबुकमा श्रद्धाञ्जली लेखेको विषयमा पन्त विवादमा परेकी थिइन् । गृह जिल्लामा सरुवा गर्दा सल्लाह समेत नगरेको बताइएको छ । केही समयलाई दानबहादुर मल्ल नै चितवन बस्ने सम्भावना देखिएको छ । उनी विगतमा प्रचण्डको पिएसओ थिए । तर, चितवनमा राम्रो काम भने गर्न सकेका छैनन् ।गत साता प्रहरुी महानिरीक्षक सर्वेन्द्र खनालले सात जिल्लाका एसपी हेरफेर गरेका थिए । १० महिनामै एसपीहरुको सरुवा भएपछि कतिपयले अन्सन्तुष्टि जनाएका थिए ।चितवनमै सरुवा मिलाउनका लागि एसपी पन्त पनि दौडधुपमा लागेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *