प्रतिभा घिमिरेसँग क्रिकेटर सोमपाल कामीले कसे लगनगाँठो

खेलकुद

काठमाडाैँ, १६ माघ । क्रिकेटर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् । प्रेमिका प्रतिभा घिमिरेसंग सोमपालले बुधवार लगनगाँठो कसेका हुन् । चोटका कारण घरेलु मैदानमा हुने ओमान र अमेरिकासंगको सिरिजमा टोली बाहिर रहेका सोमपालले यहि मौकामा लगनगाँठो कसेका हुन् ।

विगत लामो समयदेखी प्रेम सम्बन्धमा रहेका सोमपाल र प्रतिभाको बैवाहिक समारोहमा सिमित क्रिकेटर र साथीमात्र सहभागी भएका थिए ।विवाह गरे लगत्तै उनलाई धेरैले बधाई तथा शुभकामना दिइरहेका छन् । सामाजिक सञ्जालभरी उनलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

यसैक्रममा राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान पारस खड्काले पनि क्रिकेटर सोमपाल कामीलाई विवाह बन्धनमा बाँधिएकोमा शुभकामना तथा बधाई दिएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि विवाह बन्धनमा बाँधिएकोमा सोमपाललाई बधाई दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *