जगदम्बा सिमेन्टलेद्वारा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १० लाख सहयोग !

खेलकुद

काठमाडौं । चितवनस्थित गौतम बुद्घ अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मसद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्घ क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले रु. १० लाख बराबर सहयोग गरेको छ ।

समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउन्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा राष्ट्र निर्माणमा कटिबद्ध जगदम्बा सिमेन्ट मिडिया प्रमोसन मार्फत सरिक भएको हो ।

अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रबद्र्धन गर्न महत्वपूर्ण कोसेढुङगा साबित हुनेछ भन्ने जगदम्बा सिमेन्टको मान्यता रहेको छ ।

यसै क्रममा जगदम्बा सिमेन्टले धुर्मुश सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्घ क्रिकेट रंगशालामा गई निर्माणकर्मीहरुको मनोबल उच्च राख्न प्राथमिक उपचार बक्स वितरण गरको छ ।

ए डिभिजन लिग फुटबलमा सरस्वतीको पहिलो जित

शहीद स्मारक ए डिभिजन लिग फुटलब प्रतियोगितामा सरस्वती युवा क्लबले पहिलो जित दर्ता गराएको छ । अङ्क तालिकाको पुछारमा रहेको सरस्वती क्लबले हिमालयन शेर्पा क्लबलाई ४–३ गोलअन्तरले परारजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो ।

जितसँगै सरस्वतीले ४ अङ्क जोडेको छ । सरस्वतीले यसअघि एउटा खेलमा बराबरी गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा सरस्वतीको जितमा विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे भने विनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए ।

यता हिमालयन शेर्पाका लागि भने आशिष गुरुङ, विजय श्रेष्ठ र रवि थापाले एक एक गोल गरे । खेलको पाँचौैँ मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको १०औंँ मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

खेलको ३५औँ मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए । खेलको ४५ औँं मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ८४औँ मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए । त्यस्तै खेलको ८८औँ मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ ले अघि बढाए ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिमालयन शेर्पाका रवि थापाले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । सरस्वतीका बुसारी म्यान अफ दी म्याच घोषित भए । हिमालयन शेर्पाको ७ अङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *