गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

मनोरन्जन

काठमाडौं । प्रह’रीमाथि दुर्व्य’वहार गरेको आरोपमा ‘अ’भद्र व्य’वहार’को मुद्दा खेपेकी गायिका आस्था राउत छुटेकी छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार रुपैयाँ ध’रौटीमा छाड्न आदेश दिएको हो । आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दु’र्व्यवहार गरेको भन्दै प्र’हरी जवान रमिता श्रेष्ठले उ’जुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते प’क्राउ पु’र्जी जारी भएको थियो ।

आस्थाले भने आफूमाथि पनि प्र’हरीबाट दु’र्व्यवहार भएको दाबी गर्दै आएकी थिइन् । आस्थाले झापा पुगेर सामाजिक सञ्जाल फेसबुकमा जाँचका क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीलाई ‘ड’न्ठे’, ‘ब’न्दुके’ भन्दै गा’ली गरेकी थिइन् ।

त्यसपछि भारतमा सांगीतिक कार्यक्रममा रहेकी आस्था सोमबार आफैं प्र’हरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् । सोमबारै आस्थालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो ।

प्रहरी कार्यालयमा सोमबार आस्थाले कानुनभन्दा माथि कोही नभएको बताउँदै कारबाही स्विकार्ने बताएकी थिइन् । प्र’हरी निय’न्त्रणमा रहेकी आस्था सोमबार साँझै अस्पताल भ’र्ना भएकी थिइन् । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको प्रह’रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *