भारतमा तहल्का मचाउदै नेपाली चेलि ! साबित्रा एक्लैले ठोकिन् ५ गोल

खेलकुद

काठमाडौं, माघ १४ : नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को ५ गोलको मद्दतमा इन्डियन वुमन लिग (आइलिग) मा गोकुलम केरला एफसीले क्रेन्क्रे एफसी मुम्बइमाथि सानदार जित निकालेको छ।

मंगलबार आफ्नो दोस्रो खेल खेलेको गोकुलमले केन्क्रे एफसीलाई १०–१ को फराकिलो हरायो। बेङलारु रंगशाला भएको खेलको सातौ मिनेटमा सावित्राले पहिलो गोल गरिन्। १९ औँ मिनेटमा दोश्रो गोल थपिन्। पहिलो हाफको इन्जुरी समयमा ह्रयाट्रिक पूरा गरिन्। ४८ औँ मिनेटमा चौथो र ६१ औँ मिनेटमा पाँचौ गोल गरिन्।

केन्क्रेविरुद्ध खेलको तेश्रो मिनेटमा नै गोकुलमले अग्रता बनाएको थियो। सावित्राको प्रहार रिवाउन्ड भएपछि पाएको अवसरमा करिश्माले पहिलो गोल गरेकी थिइन्। १८ औँ मिनेटमा करिश्माले व्यक्तिगत दोश्रो गोल गरिन्। २०औँ मिनेटमा मनिषाले गोल थपिन्। ३१औँ मिनेटमा ग्रेसले टिमका लागी छैटौ गोल गरिन्। ३५औँ मिनेटमा क्रेन्क्रेकी कप्तान सोम्याले गोल फर्काएर अग्रता कम बनाइन्। ५२औँ मिनेटमा करिश्माले ह्रयाट्रिक पुरा गरिन्। ५ गोल गरेकी सावित्रा वुमन अफ दि म्याच चुनिइन्। प्रतियोगिताको २ खेलमा सावित्राको गोल संख्या ६ पुगेको छ।

यसअघि पहिलो खेलमा श्रीभुमीविरुद्ध निर्णायक गोल गरेकी थिइन्। लिगमा अहिले नेपाली टिमकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले कृप्सा एफसीसँग प्रतिस्पर्धा गर्दैछ। अघिल्लो सिजनमा सावित्रा र अनिता दुवै जनाले सेथुबाट खेलेका थिए। सावित्रा यस सिजनमा ७ नम्बर जर्सीमा मैदान देखा परेकी छन्। अनितालाई सेथुले ११ नम्बर जर्सी दिएको छ।

नाडालको विजयात्रा जारी

निक किर्गियोगलाई स्तब्ध बनाउँदै राफाइल नाडाल अस्ट्रेलिया ओपन क्वार्टरफाइनलमा पुगेसँगै रोजर फेडेररको कीर्तिमानी ग्रान्ड स्लाम उपाधिलाई बराबरी गर्ने लक्ष्य जारी राखेका छन्। गत वर्ष आफूमाथि निकै आलोचना गरेका अस्ट्रेलियन प्रतिद्वन्द्वी निकलाई हराउँदै स्पेनिस स्टार नाडालले अन्तिम आठमा स्थान बनाएका हुन्। निकै प्रतिस्पर्धा बनेको खेलमा विश्व नम्बर एकसमेत रहेका नाडालले निकलाई ६–३, ३–६, ७–६(८÷६) र ७–६(७÷४) ले पराजित गरे।

बास्केटबलका महान् खेलाडी कोबे ब्रायन्टलाई विश्व टेनिसका स्टारले शोक व्यक्त गरेको दिनमा निकसँगै १५ वर्षीया कोको गउफले आफ्नो महिला डबलको प्रशिक्षणका क्रममा श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्। रोड लाभेर एरिनामा निकले भने कोबे ब्रायन्टको पूर्वक्लब एलए लकर्सको जर्सी लगाएका थिए। सर्वाधिक २४ ग्रान्ड स्लाम च्याम्पियन मार्गरेट कोर्टलाई सम्मानित गरेको दिन उनी रुष्ट देखिएकी थिइन्।

सोही दिन निक र नाडालबीचको खेलपश्चात् पनि केही गर्मागर्मी हुने आंकलन गरिए पनि दिन यसपटक सामान्य अवस्था रह्यो। खेलअवधिभर नाडालका हरेक चुनौतीमा कडा रूपमा प्रस्तुत भएका निक खेल सम्पन्नपश्चात् हात मिलाउने क्रममा केही नरम मुद्रामा देखिएका थिए।

जसले पछिल्लो वर्ष यी दुईबीचको तनावपूर्ण सम्बन्ध बिर्र्सिएको अवस्था देखिएको थियो। ‘जब उनले (निक) आजको खेलशैलीअनुरूप सकारात्मक स्वभाव देखाउँछन् भने उनले खेलक्षेत्रलाई धेरै योगदान दिन सक्नेछन्। उनी यस टुर्समा निकै प्रतिभावान् खेलाडी हुन्। प्रतियोगिता अवधिभर उनको खेलशैली निकै राम्रो छ,’ स्पेनिस स्टार नाडालले भने। १९औं पटक ग्रान्ड स्लाम च्याम्पियन नाडालले क्वार्टरफाइनलमा अस्ट्रियाका डोमिनिक थिमविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

डोमिनिक गत दुई संस्करणको फ्रेन्च ओपनको फाइनलमा नाडालसँगै स्तब्ध भएका थिए। यस पटक क्ले कोर्टका बादशाह नाडाल रोजर फेडेररको २०औं ग्रान्ड स्लाम कीर्तिमानलाई बराबर गर्ने लक्ष्यमा छन्। नाडाल क्वार्टरफाइनल पुगेसँगै पुरुषतर्पm क्वार्टरफाइनल समीकरण पूरा भएको थियो। त्यसअघि स्विस स्टार स्टान वावरिंकाले विश्व नम्बर पाँच ड्यानिल मेदभेदेभलाई ६–२,२–६, ७–६(७–२) र ६–२ ले हराए। वावरिंकाले क्वार्टरफाइनलमा जर्मनीका एलेक्जेन्डर जेरेभविरुद्ध खेल्नेछन्। जेरेभले भने आन्द्रे रुब्लेभलाई ६–४, ६–४ र ६–४ ले हराएका थिए।

पुरुषतर्पm अर्को क्वार्टरफाइनलमा रोजर फेडेररले टेनिज सान्डग्रेन तथा नोभाक जोकोभिचले मिलोस राओनिकविरुद्ध खेल्नेछन्। महिलातर्पmका क्वार्टरफाइनलमा अस्ट्रेलियाका एस्लेघ बार्टी र चेक रिपब्लिककी पेत्रा केभितोभा, अमेरिकाकी सोफिया केनिन र ट्युनिसियाकी ओन्स जाबेउर, रोमानियाकी सिमोना हालेफ र इस्टोनियाका एनेट कोन्टाभेइट तथा स्पेनकी गार्बिन मुगुरुजा र रसियाकी एनास्टासिया पाब्ल्युचेनकोभाबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *