कुखुराको भालेलाई २ लाख ५० हजार !

समाचार

एउटा कुखुराको भालेको मुल्य दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी पर्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, यो तत्य नपत्याई सुख नै छैन । हुन त यो बास्तविकता नेपालको भने होइन । समाचार माध्यममा जनाईएअनुसार, इन्डोनेसियामा एउटा भालेको मुल्य २५ हजार डलर अर्थात २ लाख ५० हजार नेपाली भन्दा बढी परेको हो । जुन भालेको ब्ल्याक ककपोड सिम्यानी जातको हो । जसको बाहिरी रंग मात्रै होइन मासु र हड्डी समेत कालो हुन्छ । यो दुर्लभ प्रजातिको भाले हो । इण्डोनेसियामा पहिलो पटक पाइएको यो कुखुरा १९८८ पछि भने युरोपमा समेत उत्पादन गरिएको थियो ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष भएको बताएका छन्। इस्वी संवतको नयाँ वर्ष २०२० को शुभकामना सन्देशमा ओलीले बितेको सन २०१९ नेपालका लागि सुस्थिर राजनीतिक उपलब्धीको वर्ष भएको दाबी गरेका हुन्। सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी गरेका छन्। सन्देशमा ओलीले भनेका छन् ‘यसै वर्ष अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गर्‍यौं।’ .

२०१९ मा पृथकतावादी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गरेको, भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।निराशाहरुलाई चिर्दै देश विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेको दाबी शुभकामना सन्देशमा छ।नेपाल पर्यटन वर्षको रुपमा सुरु भएको नयाँ वर्ष २०२० मा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्, भनी प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *