दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिज इङल्याण्डले जित्यो

खेलकुद

काठमाडौँ । इङल्याण्डले दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिज ३-१ ले जितेको छ । जोहानसवर्गमा खेलको चौथो टेस्ट १९१ रनले जितेर इङल्याण्डले सिरिज ३-१ ले जितेको हो । इङल्याण्डले दिएको ४६६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीका २७४ रनमा अल आउट भएपछि इङल्याण्ड १९१ रनले विजयी भएको हो ।

खेलको पहिलो पारीमा इङल्याण्डले ४०० रन बनाएको थियो भने दक्षिण अफ्रीकाले १८३ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो पारीमा २४८ रन बनाएको थियो । इङल्याण्डका मार्क वूड खेलको प्लेयर अफ द म्याच बने भने प्लेयर अफ द सिरिज इङल्याण्डकै बेन स्टोक बनेका छन् ।

दक्षिण अफ्रीका टुरमा रहेको इङल्याण्डले अब दक्षिण अफ्रीकाविरुद्ध ३ एकदिवसीय र ३ टी-२० खेल खेल्दै छ । एकदिवसीय सिरिजको पहिलो खेल फेब्रुअरी ४ मा हुदै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *