श्रीलंकाका उपल थरंगाले ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने

खेलकुद

काठमाडौं । विजेता ललितपुर प्याट्रियट्सबाट श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । श्रीलंकन राष्ट्रिय टोलीका खेलाडी थरंगाले ललितपुरबाट खेल्ने पक्का भएको हो ।

“ललितपुरले एउटा राम्रो खेलाडीलाई अनुबन्धन गरेको छ । उनी ओपनर ब्याट्म्यान मात्र होइनन् राम्रो विकेट किपर पनि हुन् । उनले गर्दा हाम्रो टोलीले उत्कृष्ट प्रदर्शन गर्न सक्नेछ,” ललितपुरका मालिक किशोर महत्वले भने ।

टिम ललितपुर प्याट्रियोट्सका मालिक किशोर महर्जनले पनि थारङ्गा आउनुले नेपाली क्रिकेटमा नै राम्रो योगदान हुने बताएका छन्। ‘नयाँ खेलाडीहरुले उनीसँग धेरै कुरा सिक्न पाउनेछन् भन्ने लाग्छ’ उनले भनेका छन्।

थाराङ्गाले नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन्।
‘सिजन २०२० को इपिएलमा ललितपुरको परिवारमा हुँदा खुसी लागेको छ। नेपाली क्रिकेट विकासमा योगदान दिन पाउनु खुसीको कुरा हो,’ उनले भनेका छन्,’आफ्नो ज्ञान नेपालका युवा क्रिकेटरसँग साट्न तयार छु।’ उनले नेपालको सुन्दरता हेर्नका लागि आतुर भएको पनि बताएका छन्।

थरंगा श्रीलंका राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरेका थिए । उनले श्रीलंकाको लागि ३१ टेष्ट, २ सय ३५ एकदिवसीय र २६ टि–ट्वान्टी अन्तराष्ट्रिय खेलिसकेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म चल्नेछ ।

विभागीय डर्बीमा पुलिसको बाजी

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई पुलिसबीचको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफ क्लबलाई १–० गोलले हरायो । पुलिसको जितमा कप्तान भोला सिलवाल नायक बने ।

भोलाले १३ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । भोलाले पेनाल्टीमा गोल गरेका थिए । डिबक्सभित्र पुलिसका भरत साहलाई एपीएफका रक्षले फल हानेपछि पाएको पेनाल्टीलाई भोलाले सही सदुपयोग गरे । खेलको अन्तिममा एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाएका थिए ।

रेफ्रीमा थी अभद्र व्यवहार गरेका कारण उनलाई रात कार्ड देखाइएको थियो । एपीएफले पनि खेलमा केही गोलका अवसर बनाएको थियो । तर खेलको अन्तिमसम्म गोल फर्काउने एपीएफको प्रयास असफल बन्यो । पुलिसका सौजन राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पाए ।

यस हारले एपीएफलाई रेलिगेसनको दवाव थपिएको छ । जितसँगै नौ खेलबाट १४ अंक बनाएको पुलिस पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अंक बनाएको एपीएफ १३ औं स्थानमा छ । एपीएफले रेलिगेसन लाइन मात्र छलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *