बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड शीर्षस्थानमा

खेलकुद

एजेन्सी, १३ माघ । स्पेनिस ला लिगामा बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले भालाडोलिडलाई १-० गाेल अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा रियल लाई संघर्षपूर्ण जित दिलाउनको लागि नाँचोले गोल गरे । उनले ७८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । रियलले घरेलु टोलीलाई दवावमा राखे पनि गोल गर्ने लागि ७८ औं मिनेटसम्म कुर्नु परेकाे थियाे ।

खेल सुरु भएको १२ औं मिनेटमा नै भालाडोलिडले गोल गरेको थियो । तर भिएआरबाट मान्यता नपाउदा अग्रता लिनबाट चुकेको थियो । टोनी क्रुसको फ्रिकिकमा क्यासमिरोले क्लोज रेन्जबाट हेडिङ गोल गरेपनि उनी अफसाइड ठहरिए ।

यो जितसँगै रियल ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलको २१ खेलबाट ४६ अंक जोडेको छ भने समान खेल खेलेको बार्सिलोनाले ४३ अंक जोडेर दोस्रो स्थानमा छ । शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-० ले स्तब्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *