अचानक बिग ब्यास खेल्न छोडेर नेपाल फर्कदै सन्दिप लामिछाने , यस्तो छ भित्री कारण

खेलकुद

काठमाण्डाै – नेपालका लेगस्पिनर सन्दीप लामिछाने साेमबार नेपाल आइपुग्ने भएका छन् । अस्ट्रेलियामा जारी बिग ब्याश लिग खेलिरहेका सन्दीपले नेपालले ओमन र अमेरिकासँग खेल्ने ट्राइसिरिजका लागि नेपाल फर्कन लागेका हुन् । ओमन र अमेरिकासँग नेपालले माघ २२ गतेदेखि त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्व क्रिकेट लिग २ खेल्दैछ । त्यसका लागि नेपालले २ दिनअघि मात्रै अन्तिम १४ जनाको सूची सार्वजनिक गरेको थियो ।

नेपाली टिमका नियमित सदस्य सन्दीपले बिग ब्याश लिगमा १२ खेलमा १५ विकेट लिएका छन् । बिग ब्याशमा सन्दीप आबद्ध टिम मेलबर्न स्टार्सले अहिलेसम्म १४ मध्ये १० खेलमा विजयी हुँदै क्वालिफायर चरणमा प्रवेश गरिसकेको छ । जारी सिजनमा प्रभावकारी देखिएका सन्दीप स्वदेश फर्कने भएपछि मेलवर्नले उनको स्थानमा उत्तम बिकल्प ल्याउन सोच्नु पर्ने देखिएको छ। ‘सिजनमा स्पिनमाथि निकै विश्वास गरेको थिएँ,’ मेलवर्नका प्रशिक्षक डेभिड हसीले भने।

हसीले लामिछाने उत्कृष्ट खेलाडी भएको भन्दै अघि थपे,’उनी मेलवर्न छाड्दै छन्। उनी स्तरीय खेलाडी हुन्। स्तरीय मानिस हुन् र प्रतियोगितामा हाम्रो योजनाका एक पक्ष हुन्।’ हसीले राष्ट्रिय टिमबाट खेल्न बोलाउदा खुसी हुनु पर्ने बताए। ‘तर राष्ट्रिय टिमबाट बोलाइन्छ भने खुसी मनाउनु पर्छ। एउटा उत्कृष्ट खेलाडी गुमाउदा दु:ख त लागेको छ। तर उनका लागि खुसी छु,’ हसीले भने,’हाम्रा लागि उनी पछिल्लो २ वर्षमा उत्कृषट रहे। तर दुर्भाग्यवस उनी फर्कनु पर्ने भयो। उनीले मेलवर्नबाट फाइनल खेल्नेछैनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *