न्युजिल्यान्डविरुद्धको दोस्रो टी-२० मा भारतको सानदार जित, शृङ्खलामा २–० को अग्रता

खेलकुद

काठमाडौं : लगातार दोस्रो खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै भारतले टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३३ रनको मध्यम लक्ष्यलाई भारतले मात्र ३ विकेटको क्षतिमा १५ बल बाँकी छँदै पछ्यायो ।

भारतलाई जित दिलाउन केएल राहुलले सर्वाधिक ५७ रनको योगदान दिए । उनले यसक्रमा दुई छक्का र ३ चौका हिर्काए । उनलाई ४४ रन बनाएका श्रेयस ऐयरले राम्रो साथ दिए । कप्तान विराट कोहलीले ११ रन बनाउँदा रोहित शर्मा ८ रनमा आउट भए ।

न्युजिल्याण्डका लागि टीम साउथीले २ विकेट लिए । यसअघि, न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिक गुप्टिल र टीम सेफर्टले समान ३३–३३ रनको योगदान दिए । कोलिन मुनरोले २६ रन बनाए ।

भारतका लागि रवीन्द्र जडेजाले २ विकेट लिए । पाँच खेलको शृङ्खलाको तेस्रो खेल बुधबार ह्यामिल्टनमा खेलिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *