रीमा विश्वकर्माले मनोज गजुरेललाई श्रीमान् श्रीमान् भन्दै चिच्याएपछि…

समाचार

काठमाडौं- कमेडी च्याम्पियनको १० औँ एपिसोडमा होस्ट रीमा विश्वकर्माले ले जज मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो।मनोज पनि डिभोर्सी, रीमा पनि डिभोर्सी।आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकका अनुसार श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान कस्तो … भन्दाभन्दै आफैँ हाँस्न थालिन्।मनोजले आफूले अपेक्षा नै नगरेको कुरा आएको भन्दै भने, ‘मलाई के था, रीमाको मन पग्लिन्छ भनेर।’मनोज भनै हौसिन थाले। उनको बोली यत्तिमा नै अडिन सकेन। रीमाले पनि आफूले बोलेको कुरा सम्झिएर हाँसो रोक्न सकिनन्।

जनकपुरधाम : प्रदेश २ मा भ्रमण वर्ष २०२० को आरम्भ भव्यताका साथ गरिएको छ । जानकी मन्दिरमा बेलुन उडाएर दिपावली मनाउँदै भ्रमण वर्षको सुरुवात गरिएको हो । यसअघि काठमाडौंबाट जनकपुर आएका पाहुनालाई जनकपुर विमानस्थलमा फूलको माला लगाउँदै स्वागत गरिएको थियो । भ्रमण वर्षको पहिलो दिन जनकपुर आएका पाहुनालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश २ का सचिव डाक्टर प्रेम नारायण कंडेलले स्वागत गरे ।

भ्रमण वर्ष प्रदेश २ समन्वय समितिले जनकपुरको दुधमती पोखरी किनारमा वृक्षारोपण गर्दै पाहुनालाई स्वागत गरेको छ ।प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको प्रदेश समन्वय समितिका संयोजक मनीष झाले बताए । पर्यटकको निशुल्क उपचारको घोषणावीरगन्जमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटकहरु बिरामी परे निशुल्क औषधी उपचार गरिदिने घोषणा गरेको छ ।

अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी पर्यटकहरु कुनै कारणले बिरामी परे उनीहरुको निशुल्क औषधी उपचार गरिने जानकारी गराएको हो । अस्पतालका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्रदेश २ मा पनि सफल पार्न अस्पतालले यो वर्षमा घुम्न आउने पर्यटकको निशुल्क उपचार गरिदिने योजना ल्याएको जानकारी गराए ।

भ्रमण वर्ष २०२० भरी पर्यटक भिसामा नेपाल घुम्न आउने विदेशी पर्यटकको आकस्मिक उपचार खर्च सबै निशुल्क गरिने जानकारी दिँदै डाक्टर अन्सारीले भने ,‘ पहिलो कुरा त हामी कहाँ आउने पाहुना सकेसम्म बिरामी नै नहोऊन् भन्ने कामना गर्छौँ , यदि अचानक बिरामी भइहालेमा अस्पतालले उपचार खर्च सबै निशुल्क गरिदिन्छ ।’ घुम्न आउने विदेशी पर्यटकको निशुल्क उपचार गरिदिने अस्पतालको यो योजनाले भ्रमण वर्षको प्रवर्धनमा थोरै भए पनि योगदान पुर्‍याउने विश्वास आफुले लिएको अध्यक्ष अन्सारीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *