घातक बलिङका बावजुद इतिहास रच्न चुके सन्दीप लामिछाने

खेलकुद

एजेन्सी, ११ माघ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट ब्रिसबेन हिटविरुद्ध घातक बलिङ गरे पनि इतिहास रच्न भने अरु खेल कुर्नुपर्ने भएको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको हिटविरुद्ध सन्दीपले ४ ओभरमा मात्रै १६ रन खर्चेर १ विकेट लिए । टि-ट्वान्टीमा यो विकेटसँगै ९९ पुर्‍याए पनि ऐतिहासक १०० विकेटका लागि भने उनले अन्य खेल कुर्नुपर्ने भएको हो ।

सन्दीपले सातौं ओभरमा मात्रै ३ रन दिए भने नवौं ओभरमा पनि उनले ३ रन मात्र दिए । १२औं ओभरमा उनले विकेट लिँदै ४ रन मात्र दिए । उनले लिनलाई ३४ रनमा क्याच आउट गराएका हुन् । १४ औं ओभरको बलिङमा उनले ५ रन खर्चिए ।

घरेलु मैदानमा वेष्ट ह्यामलाई ४–१ ले पराजित गर्दै लेस्टर सिटी विजयी यात्रामा फर्कियाे

लेस्टर सिटी विजयी यात्रामा फर्किएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लेस्टर सिटीले शानदार जित निकालेको हाे । उसले घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई ४–१ ले पराजित गरेर महत्वपूर्ण तीन अंक जोडेको हो ।

बार्नेसले २४ औँ मिनेटमा गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा रिकार्डो परेइराले गोल गरेपछि लेस्टरको अग्रता दोब्बर भयो ।

५० औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान मार्क नोबलले वेष्ट ह्यामका लागि एक गोल फर्काए । यस्तै अयोजे पेरेजले ८१ औँ मिनेटमा पाएको पेनाल्टी तथा ८८ औँ मिनेटमा गोल गरेपछि लेस्टर सिटी ४–१ ले विजयी भयो । जितपछि तेस्रो स्थानको लेस्टरको २४ खेलबाट ४८ अंक भएको छ ।

लेस्टर दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा तीन अंकले पछि परेको छ । जित निकाले पनि यो खेलमा लेस्टरका लागि घातक बन्यो ।उसका महत्वपूर्ण खेलाडी जेमी भर्डी पहिलो हाफमै चोटग्रस्त भएर मैदानबाट बाहिरिए । भर्डी यो सिजन लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *