काठमाडौं । यही माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक स्थान बनाएका छन् । अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई यसपटक आराम दिइएको छ । सोमपाल स्वास्थ्यका कारण र बसन्त पारिवारीक कारणले प्रशिक्षण क्याम्पमा समेत सहभागि थिएनन् ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसान भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहेका छन् । तीन देश सम्मिलित आइसीसी विश्वकप क्रिकेट लिग २ नेपाल, ओमन र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली टोली: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने
ओमान टिम : जिसम मसुद (कप्तान), अकिब इल्यास (उपकप्तान), जितेन्दर सिंह, खावर अली, सनुथ अब्राहिम, सुरज कुमार, मोहमद नसीम, सन्दीप गोड, मोहमद नदीम, जय ओडेद्रा, बादल सिंह, अहमेद फयाद बट, खलीमुल्लाह, बिलाल खान
अमेरिकी टिम : शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।
त्रिकोणात्मक सिरिजमा अमेरिकाको खेल तालिका
माघ २३ गते – अमेरिका विरुद्ध ओमान
माघ २५ गते – नेपाल विरुद्ध अमेरिका
माघ २८ गते – अमेरिका विरुद्ध ओमान
माघ २९ गते – नेपालविरुद्ध अमेरिका