सुविधामा विभेद गरेको भन्दै नेपाल एयरलाईन्सका २२ पाईलटको सामुहिक राजिनामा

समाचार

काठमाडौं । नेपाल एयरलाइन्सका २२ जना पाइलटले सामुहिक राजिनामा दिएका छन् । राष्ट्रिय ध्वजाबाहक नेपला एयरलाईन्सका स्थायी उडान दलका सदस्यहरुले तीन महिनापछि बिदा हुनेगरी राजिनामा बुझाएका हुन् ।

सेवा सुविधामा व्यवस्थापनले विदेशी र नेपाली पाइलटबीच चरम विभेद गरेको उनीहरुको आरोप छ । आफुहरुले बढी काम गरेपनिज विदेशी पाईलटहरुले बढी सुविधा पाईरहेको उनीहरुको गुनासो छ । पाइलटहरुका अनुसार महिनामा ४६ घण्टा जहाज उडाएर हप्तामा २ दिन छुट्टी पाउने विदेशी पाईलटलाई १५ लाख रुपैंया दिइन्छ ।

उनीहरुको कर पनि व्यवस्थापनले तिरिदिन्छ । तर नेपाली स्थायी पाईलटले भने महिनामा ९५ घण्टा जहाज उडाउँदा हप्ताको एक दिन मात्रै विदा पाउने गरेका छन् । उनीहरुको तलब ५ लाख रुपैंया छ भने कर पनि आफैले तिर्नुपर्छ ।

राजीनामा दिने पाइलट तथा को-पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ।

विदेशी पाइलटले सातामा ४६ घण्टा र नेपाली पाइलटले सातामा ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ। पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *