‘अस्ट्रेलिया काण्ड’ मा पी’डित भन्दै नेपालमा उ’जुरी, भिडियो फैलाउनेलाई खोज्दै प्र’हरी

समाचार

काठमाडौं : अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया का’ण्ड’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको अ’श्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर च’रित्र ह’त्या गरेको भन्दै नेपालमा उ’जुरी गरेकी छिन्।

अ’श्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर च’रित्र ह’त्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्र’हरीको सा’इबर ब्युरोमा उ’जुरी आएको हो ।

सोमबारदेखि ‘अस्ट्रेलिया का;ण्ड : नेपाली युवतीको अ’श्लील भिडियो’ भन्दै सामाजिक सञ्जालमा पो’र्न क्लिप सार्वजनिक गरिएको छ। सो क्लिप नेपालीको भने हैन। पो’र्नहब नामक अ’श्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो।

उ’जुरीमा अ’श्लील भिडियोमा अनुहार देखिने गरी सानो क्लिप राखेको र सो भिडियो आफ्नो भन्दै सामाजिक सञ्जालमा राखेर च’रित्रहत्या गरिएको उल्लेख भएको ब्युरो स्रोतले जानकारी दियो। पीडितले उ’जुरीमार्फत खुलाए अनुसार अ’श्लील भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शं’का लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन्।

अनुसन्धानमा संलग्नस्रोतका अनुसार पी’डित महिलाले खुलाएको नामका आधारमा प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउन सक्रियको खोजी सुरु गरेको छ। ‘प्रारम्भिक अनुसन्धानमा नेपालीको दाबी गरिएको अ’श्लील भिडियो वि’देशी नागरिकको भएको देखिएको छ,’ स्रोतले भन्यो‘ केही ह्यान्डल र नामहरु अनुसन्धानको दायरामा छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *