काठमाडौं । आईसीसी विश्वकप क्रिकेट डिभिजन–दुई लागि नेपाली राष्ट्रिय टीमको घोषणा भएको छ । १४ सदस्यीय टीममा अनुभवी खेलाडी बसन्त रेग्मी र सोमपाल कामी भने सामेल गराइएको छैन ।
चोटका कारण सोमपाललाई आराम गर्न टीममा नपारिएको हो भने बसन्त रेग्मी घरायसी कारणका कारण यसपटक टीममा सामेल नभएका हुन् । रेग्मी र कामीको स्थानमा नयाँ खेलाडी कुशल मल्ल र कमलसिंह ऐरीलाई राष्ट्रिय टीममा सामेल गराइएको छ ।
मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा अखिल नेपाल क्रिकेट संघ (क्यान) ले टीम घोषणा गरेको हो । २२ माघदेखि कीर्तिपुर मैदानमा अमेरिका र ओमान सँग नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ ।
नेपाली टोली: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने
ओमान टिम : जिसम मसुद (कप्तान), अकिब इल्यास (उपकप्तान), जितेन्दर सिंह, खावर अली, सनुथ अब्राहिम, सुरज कुमार, मोहमद नसीम, सन्दीप गोड, मोहमद नदीम, जय ओडेद्रा, बादल सिंह, अहमेद फयाद बट, खलीमुल्लाह, बिलाल खान
अमेरिकी टिम : शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।
त्रिकोणात्मक सिरिजमा अमेरिकाको खेल तालिका
माघ २३ गते – अमेरिका विरुद्ध ओमान
माघ २५ गते – नेपाल विरुद्ध अमेरिका
माघ २८ गते – अमेरिका विरुद्ध ओमान
माघ २९ गते – नेपालविरुद्ध अमेरिका
नेपाल सिधै टि ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा
अर्को वर्ष भारतमा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपका लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ । सन् २०२१ मा हुने ट्वान्टी–२० विश्वकपमा कुल १६ राष्ट्रको सहभागिता रहने छ । यसै वर्ष अस्ट्रेलियामा ट्वान्टी–२० विश्वकप हुनेछ । त्यसको पुछारमा रहेका चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीहरुसहित जिम्बावे, नेपाल, युएई र हङकङले ग्लोबल छनोटमा सोझै खेल्ने भएको विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले जनाएको छ ।
अन्तर्राष्टिय क्रिकेट परिषद(आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै २०२० जनवरी १ सम्म उत्कृष्ट वरियतामा रहेका नेपाल सहित जिम्बावे, हङकङ र यूएईलाई २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको छनोट प्रक्रिया अनुसार स्वतः ग्लोबल छनोटमा स्थान दिएको हो ।
नेपाल आईसीसी वरियतामा १२ औं स्थानमा रहेको छ । जिम्बावे ११, युएई १५ र हङकङ २० औं स्थानमा रहेका छन् । ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ । त्यस्तै सन् २०२० अष्टेलियामा हुने टि ट्वान्टी विश्वकपका पुछारका चार टोलीले ग्लोबल छनोट खेल्ने छन् ।
क्षेत्रिय छनोट हुँदै आउने टोली गरी कुल १६ टोलीलाई दुई समुहमा विभाजन गरि प्रतिस्पर्धा गराइने छ । जसमा दुबै समुहका शीर्ष दुई दुई टोली विश्वकप खेल्न पाउने छन् । अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपका शीर्ष १२ टोलीले स्वत: आगमी वर्ष भारतमा हुने विश्वकप खेल्न पाउने छन् । ग्लोबल क्वालिफायर ४ र अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपको शीर्ष १२ टोली गरि कुल १६ टोलीबीच भारतमा टि ट्वान्टी विश्वकप हुने छ ।