एजेन्सी : रोमालाई पराजित गर्दै युभेन्ट्स कोपा इटालीयामा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान भएको खेलमा युभेन्ट्सले रोमालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सका लागि स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डा, रोड्रिगो बेन्टेनक्युर र लियोनार्दो बोनुकीले समान एक–एक गोल गरे । युभेन्ट्सका लागि खेलको २६ औं मिनेटमा रोनाल्डोले गरेको गोल उनले क्लबका लागि पछिल्ला १० खेलमा गरेको १३ औं गोल हो ।
१–० गोलले अघि रहेको युधेन्ट्सका लागि बेन्टेनक्युरले ३८ औं मिनेटमा र बोनुकीले पहिलो हाफको अतिरिक्त समेयमा गोल गर्दै टीमलाई ३–० गोलको अग्रता दिलाएका थिए ।
३–० गोलले पहिलो हाफमा पछि परेको रोमाका लागि युभेन्ट्सका गोलकिपरले रोमाका केन्गिजको प्रहार बारमा लाग्दै बाउन्स भएको बल रोक्न खोज्दा गोल भएको थियो । यो उपहार गोल बाहेक रोमाले गोल फर्काउन भने सकेन ।
महिलाको सेमिफाईनल समिकरण पूरा
नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिला तर्फको सेमिफाईनल समिकरण पूरा भएको छ ।मंगलबार सम्पन्न ग्रुप ‘ए’ मा दुई विभागिय टोलीबीचको प्रतिस्पर्धामा एपिएफ सेनाको टिएसीमाथि ३ – १ को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । एपिएफले टिएसीलाई २५–१०, १९–२५, २५–१८, २५–११ अंकले पराजित गरेको हो । दुवै टिम यस अघिनै सेमिफाईनल प्रवेश गरिसकेका थिए ।
महिलाकै समूह ‘बी’ को प्रतिस्पर्धामा होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लबवीचको खेलमा न्यू डायमण्डले जित निकाल्यो । न्यू डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको हो । यसकासाथै न्यू डायमण्ड समूह विजेता बन्दै सेमिफाईनलमा सेनासंगको भिडन्त पक्का ग¥यो ।
अव सेमिफाईनलमा एपिएफले समूह ‘बी’ को उपविजेता अर्को विभागिय टोली नेपाल पुलिस क्लबसंग र टिएसीले समूह ‘बी’ को बिजेता होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिताको पुरुषतर्फ लिगको अन्तिम खेलमा एपिएफ र पुलिस क्लबले जित निकालेका छन् । एपिएफले ग्रुप ‘बी’ मा जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) लाई २५–१४, २५–१०, २५–०९ को सोझो सेटमा पराजित गर्दै ६ अंक सहित समूह विजेता भयो । यस्तै पुलिसले पनि समूह ‘सी’ को खेलमा मणिमुकुन्द भलिबल क्लब (एमभिसी) लाई २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो ।
यसका साथै पुरुषतर्फ क्वाटरफाईनको समिकरण पूरा भएको छ । पुरुषतर्फ क्वाटरफाईनलमा समूह ‘ए’ को बिजेता सेनाको टिएसीले समूह ‘सी’ को उपविजेता मणिमुकुन्द भलिबल क्लबसंग प्रतिस्पर्धा गर्ने छ । यस्तै समूह ‘बी’ को बिजेता एपिएफले समूह ‘डी’ को उपविजेता बुद्धटोल युवा भलिबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ । समूह ‘सी’ को बिजेता नेपाल पुलिस क्लबले समूह ‘ए’ को उपविजेता नयाँबजार सामाजिक युवा क्लबसंग तथा समूह ‘डी’ को बिजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह ‘बी’को उपबिजेता बुलबुले रारा क्लबसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
भोलि बुधबार पुरुष तर्फको क्वाटरफाईनलका खेलहरु हुने छन् । जसमा पहिलो खेल ९ : ३० बजे टिएसी र मणिमुकुन्द भलिबल क्लब, दोश्रो खेल ११ : ३० बजे एपिएफ र बुद्धटोल युवा भलिबल क्लब, तेश्रो खेल १३ : ३० बजे पुलिस क्लब र नयाँबजार सामाजिक युवा क्बल तथा चौथो खेल १५ : ३० बजे हेल्प नेपाल र बुलबुले रारा क्लबवीच हुने कार्यक्रम रहेको छ ।