काठमाडौंः आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिकाविरुद्ध हुने त्रिकोणात्मक सिरिजका लागि ओमानले राष्ट्रिय टिम घोषणा गरेको छ। माघ तेस्रो सातादेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि ओमानले जिसम मसुदको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो।
माघ २२ देखि हुने सिरिजमा तीन टिमले एकअर्काविरुद्ध २-२ पटक खेल्नेछन्। जसमा ६ एकदिवसीय खेल हुनेछन् भने प्रत्येक टिमले ४ खेल खेल्नेछन्। सिरिजका लागि ओमानले युएई र नामिबियाविरुद्धको त्रिकोणात्मक सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिएको छ।
ओमानले अहिलेसम्म ८ खेलबाट ८ अंक जोडेको छ भने अंक तालिकको चौथो स्थानमा छ। यसअघि अमेरिकाले पनि सिरिजका लागि राष्ट्रिय टिम घोषणा गरिसकेको छ। अमेरिकाले सिरिजका लागि मुम्बईमा अभ्यास गर्ने जनाएको छ।
नेपालले भने पोखरामा तयारी गरिरहेको छ। तयारीका क्रममा नेपालले मलेसियाको टिमसँग दुई अभ्यास खेल खेलेको छ। दुवै खेलमा नेपाल विजयी भएको छ। लिग-२ टिममा नेपालले पहिलो सिरिज खेल्न लागेको हो।
ओमान टिम : जिसम मसुद (कप्तान), अकिब इल्यास (उपकप्तान), जितेन्दर सिंह, खावर अली, सनुथ अब्राहिम, सुरज कुमार, मोहमद नसीम, सन्दीप गोड, मोहमद नदीम, जय ओडेद्रा, बादल सिंह, अहमेद फयाद बट, खलीमुल्लाह, बिलाल खान
शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । मछिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे । उनले खेलको ५२औँ मिनेटमा करीब ३० यार्डबाट प्रहार गरेको फ्रि किकबाट उत्कृष्ट गोल गरेका थिए ।
जितसँगै मछिन्द्रले आठ खेलमा १६ अङ्क जोड्दै शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग अङ्क बराबरी गरेको छ । अङ्क तालिकामा मछिन्द्र गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै पराजित पुलिसको आठ खेलमा ११ अङ्क छ । पुलिस अङ्क तालिकाको छैटौँ स्थानमा छ ।