काठमाण्डाै : नेपालका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा छोटो समयमै एक सय विकेट लिने खेलाडीको किर्तिमान नजिक छन् । बिग बास लिगमा बुधबार सतक विकेट पुर्याउने लक्ष्यमा रहेका सन्दीपले त्यो लक्ष्य भेट्टाउन सकेनन् । बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप १३ औं खेलमा विकेटविहिन भए ।
बिग ब्याश क्रिकेट लिगमा एडिलेडविरुद्धको खेलमा विकेटविहीन भएपछि सन्दीपलाई विकेटमा शतक बनाउन अर्को खेल कुर्नुपर्ने भएको हो । उनले एडिलेडविरुद्ध २४ रन खर्चिए तर विकेट लिन सकेनन् । उनले आज पुरै चार ओभर बलिङ पनि गर्न पाएनन् ।
सन्दीपले सन् २०१८ को आईपीएल सिजनमा दिल्ली क्यापिटल (दिल्ली डेयरडेभिल्स) बाट डेब्यू गरेका थिए। सुरुवाती खेलमा मौका नपाएका उनले पछिल्ला तीन खेलमा ५ विकेट हात पारेका थिए। उनले डेब्यू खेलमा २५ रन खर्चिएर १ विकेट लिएका थिए। अहिले उनी अस्ट्रेलियाको फ्रेन्चाइज लिग बिगबास खेलिरहेका छन्। दोस्रो पटक बिगबास खेलिरहेका उनले यस सिजनमा ११ खेलबाट १४ विकेट लिइसकेका छन्।
सन्दीपले आज दुई विकेट लिएको खण्डमा टी २० मा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए । तर उनले बलिङ कसिलो गरे पनि विकेट हात पार्न सकेनन् । टी २० मा सन्दीपले ७३ खेलमा ९८ विकेट पुर्याएका छन्। जसमा उनले राष्ट्रिय टिमबाट २८ विकेट लिएका छन भने बाँकी ७० विकेट आइसीसीबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगमा लिएका छन् ।