शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने, यस्तो छ कारण

खेलकुद

काठमाडौं : चोटका कारण भारतीय भरपर्दा व्याट्सम्यान शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने भएका छन् । बायाँ काँधमा लागेको चोट निको नभएको र आराम गर्नपर्ने भएकाले खेल गुम्ने भएको हो। भारत भ्रमणमा आएको अस्ट्रेलिया टोलीसँगको अन्तिम तथा निर्णायक खेलमा शिखरलाई चोट लागेको थियो।

यहि शुक्रबारदेखि शुरु हुन गईरहेको ५ खेलको टि – ट्वान्टी सिरिजबाट शिखर धवन बाहिर छ्न् । अस्ट्रेलियाका आरोन फिन्चले सट कभरमा प्रहार गरेको बललाई रोक्ने क्रममा उनको बायाँ काधमा चोट पुग्न पुगेको थियो । उनलाई त्यसपछि तत्कालै अस्पताल लगिएको थियो र त्यसपछि उनी ब्याटिङ गर्न पनि आएका थिएनन उनको स्थानमा लोकेश राहुलले ब्याटिङ गरेका थिए ।

पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएका धवनको अनुपस्थितिले टिमका लागि भने ठूलो धक्का लागेको छ। भारतले न्युजिल्याण्ड भ्रमणका दौरान ५ खेलको टि – ट्वान्टी सिरिज , ३ खेलको एकदिवसीय सिरिज र २ टेस्ट खेल खेल्नेछ।

मच्छिन्द्रद्वारा पुलिस पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणका खेलहरु सुरु भएका छन् । पहिलो खेलमा बुधबार लिगको उपाधि दावेदार मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र १–० ले विजयी भएको हो । खेलको ५३औं मिनेटमा रञ्जित धिमालले गोल गर्दैै मच्छिन्द्रलाई जिताएका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए ।

गत सिजनको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेर यो सिजन एक अंक ऋण बोकेर लिग थालेको मच्छिन्द्रले यसपटक भने आफूलाई उपाधि दावेदारीमा राख्न सफल भएको छ ।

८ खेलबाट १६ अंक जोडेको मच्छिन्द्र गोल अन्तरका आधारमा त्रिभुवन आर्मी क्लबभन्दा पछाडि रहेर दोस्रो स्थानमा छ । तेस्रो स्थानको साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबको १३ अंक छ । न्यूरोड टिम (एनआरटी), थ्रीस्टार क्लब र पुलिसको समान ११ अंक छ ।

लिगअन्तर्गत् बिहीबार दुई खेल हुनेछन् । मध्याह्न १२ बजे हिमालयन शेर्पा क्लबले थ्रीस्टारसित तथा दिउँसो ३ बजे जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसित खेल्दैछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । जावलाखेल ९ अंकसहित आठौं, हिमालयन शेर्पा ७ अंकसहित ११औं तथा सशस्त्र ५ अंकसहित १३औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *