एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स बिग बास लिग (बीबीएल)मा लगातार दोस्रो पटक पराजित भएको छ। बुधबार भएको खेलमा मेलबर्न एडिलेड स्ट्राइकर्ससँग पराजित भएको हो ।
एडिलेडको घरेलु मैदानमा भएको खेलमा जितको लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको स्टार्सले २० ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो। स्टार्सका कप्तान पिटर ह्याण्ड्कम्बले ६५ रनको अर्धसतकिय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। यस्तै ग्लने म्याक्सवेल तथा निक लार्किनले समान १९ रन बनाए। स्टाईकर्सका पिटर सिडलले ४ विकेट लिए। यस्तै वेस अगरले २ विकेट लिए।
यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ बनाएको थियो । स्टाईकर्सका लागि जोनाथन वेल्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै एलेक्स केरीले ३३ रन जोड्दा फिल साल्टले २२ रन बनाएका थिए । म्याथ्यु शर्ट २३ रनमा अविजित रहे ।
बलिङमा मेलबर्नका क्लिन्ट हिन्चलिफले ३ र ग्लेन म्याक्सवेलले एक विकेट लिए । एडिलेटविरुद्ध मेलबर्नका महत्वपूर्ण स्पिनर सन्दीप लामिछाने र एडम जम्पा विकिटविहीन रहे । आजको खेलमा ३ ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेका थिए । आजको खेलमा ३ ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेका थिए ।