बिग ब्यासमा आज सन्दीप लामिछानेको मेलबर्न स्टार्समा र राशिद खानको एडिलेट स्टाइकर्स भिड्दै

खेलकुद

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समाआवद्ध नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज आफ्नो १२ औँ म्याच खेल्दै छन् । टीमको भने यो १३ औँ म्याच हो । सन्दीपले आफ्नो १२ औँ म्याच राशिद खान सम्मिलित एडिलेट स्टाइकर्सविरुद्ध खेल्न लागेका हुन् । मेलबर्न र एडिलेटबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणमा पनि सन्दीपले राम्रै प्रदर्शन गरिरहेका छन् । उनले ११ म्याच खेल्दा १४ विकेट लिएका छन् । र, सन्दीप सर्बाधिक विकेट लिनेको सूचीमा बुधबार बिहानसम्म ‘टप–५’मा कायमै छन् । यदि एडिलेटविरुद्ध आज २ विकेट लिनसके टी–२० क्रिकेटमा सन्दीपको शतक पूरा हुनेछ । उनले हालसम्म टी–२० आफ्नो नाममा बनाएका छन् ।

मेलबर्न स्टार्सले घोषणा गरेको टोली

ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, बेन डंक, सन्दीप लामिछाने, सेब गोच, पीटर ह्यान्ड्सकम्ब, क्लिन्ट हिन्चलिफ, निक लार्किन, निक म्याडिन्सन, लान्स मोरिस, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।

मलेसिया ११ फेरि पराजित

दोस्रो एकदिवसीय खेलमा मलेसिया ११ लाई १ सय ७० रनले पराजित गर्दै नेपाल क्रिकेट संघ–११ ले तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार मलेसियाले २ सय ९१ रनको लक्ष्य पछ्याएको थियो। अघिल्लो दिनको भन्दा बढी रनको लक्ष्य पछ्याउने क्रममा मलेसियन टोली भने २८.४ ओभरमा अलआउट हुँदै १ सय २० रनमा समेटियो।

मलेसियन टोलीलाई सस्तैमा रोक्न किशोर महतो र ललित राजवंशीको उत्कृष्ट स्पेल रह्यो। उनीहरू दुवैले समान ३ विकेट लिए। एक हप्तादेखि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय क्रिकेट टोलीले मलेसिया ११ सित अन्तिम खेल बिहीबार खेल्नेछ। नेपाल–ओमान–अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारीमा एक हप्तादेखि नेपाली टोली पोखरामा बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणकै क्रममा मलेसिया ११ सित तीन खेलको मैत्रीपूर्ण शृंखला खेल्ने निर्णयसँगै खेलाडीको प्रदर्शनमा कसी लागेको छ।

मंगलबार पनि टस हारेर नेपाली टोलीले ब्याटिङ सुरु ग-यो। कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले अर्धशतक पूरा गरे। अर्धशतक हिर्काएपछि दुवै आउट भए। कप्तान मल्लले अर्धशतक पूरा गरे पनि उनको स्थानमा रोहित क्रिज छिरे। रोहितले पनि अर्धशतक पूरा गरेपछि आउट भए। मल्लले ५० बल ५६ रन बनाए। दोस्रो विकेटका रूपमा छिरेका मल्लले कप्तानी जिम्मेवारी सम्हाल्दै ५ चौका र २ छक्का हिर्काए। पौडेलले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतले ५५ रनको योगदान गर्दै आउट भए। उनले चार चौका र दुई छक्का हिर्काएका थिए।

ओपनर सुवास खकुरेलले ७४ बलमा ४७ रन बनाए। उनले केवल चार चौका ठोके। अर्धशतक बनाउन चुकेका खकुरेल अघिल्लो खेलमा भने १२ रनमै आउट भएका थिए। लोकेश बमले ३२ रनको योगदान दिए। उनले २८ बल खेल्दै तीन चौका र २ छक्का हिर्काएका थिए। विनोद भण्डारीले २७ रन बनाए। ओपनर सुनील धमलाले ३३ बलमा २४ रन बनाउँदै गतिलो सुरुआत दिलाउने प्रयास गरे। पवन सर्राफले १२ रन बनाए। सुशन भारीले अविजित १६ रन बनाए। मलेसियाको बलिङमा नजरिल रहमान र अनवर रहमानले समान २ विकेट लिए। मोहमद अरिफ र सर्भिन मुनिएन्डीले समान १ विकेट लिए।

जबाफी ब्याटिङ सुरु गरेको मलेसिया ११ भने १ सय २० रनमै समेटियो। मलेसियाका लागि सयद अजिजले सर्वाधिक २८ रन, भूषण सेभले २४, वीरनदीप सिंहले २३ तथा एहमद फैजले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा नेपाली बलर किशोर महतोले ७.४ ओभरमा १९ रन खर्चिंदै ३ विकेट लिए। उनीसँगै ललित राजवंशीले ८ ओभरमा २८ रन दिएर ३ विकेट नै लिएका थिए। सुशन भारीले ७ ओभर बलिङ गर्ने क्रममा ३७ रन लिएर २ विकेट लिएका थिए। महतो म्यान अफ दी म्याच घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *