दुबईमा चौधरी ग्रुपको पहिलो लक्जरी होटल सञ्चालनमा

समाचार

दुबई । नेपालको व्यापारिक घराना चौधरी ग्रुपले दुबईमा आफ्नो पहिलो लक्जरी होटल सञ्चालनमा ल्याएको छ। ताज जुमेरा लेक टावर सञ्चालनमा ल्याएसँगै चौधरी ग्रुपले संयुक्त अरब इमिरेट्समा पनि आफ्नो लगानी विस्तार गरेको हो। बाल्कोनीसहितका २ सय कोठा र सुइट रुमहरु रहेको उक्त होटलबाट दुबईको मनोरम दृश्य देखिने होटलको विवरणमा उल्लेख गरिएको छ। होटलमा पारोस भनिने रुफटप पुलसहितको बार र रेष्टुरेन्ट तथा सामियाना भनिने खुला ठाउँमा पार्टी गर्नका लागि विशेष टेन्टजस्ता सुविधाहरु उपलब्ध हुनेछन्।

होटल दुबई अन्तर्राष्ट्रिय एअरपोर्टबाट ३० मिनेट तथा मेट्रो स्टेसन बाट ५ मिनेटको दुरीमा रहेको जनाइएको छ। सन् १९६८ मा स्थापना भएको चौधरी ग्रुप हाल विश्वभरि ७६ ब्रान्ड र १३६ कम्पनीसँग आबद्ध छ। कम्पनीले फास्ट मुभिङ्ग कन्जुमर गुड्स, शिक्षा, बायोटेक, इलेक्ट्रोनिक्स, बैंकिङ, हाइड्रोपावर, सञ्चारलगायतका क्षेत्रमा लगानी गरेको छ। चौधरी समूह भारतको राजस्थानबाट व्यापारका लागि नेपाल आएको इतिहास छ। हाल अफ्रिका महादेश देखि युरोपसम्म लगानी विस्तार गरेको चौधरी समूह फोर्ब्समा सुचीकृत एक मात्र नेपाली कम्पनी हो।

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाले अंग्रेजी नयाँ वर्षको दिन बुधबार बूढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकलाई रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले बहिष्कार गरेको छ।सभापति देउवाले पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा सहमति जुटाउन बुधबार अपरान्ह निवासमै पदाधिकारी बैठक बोलाएका छन्। अंग्रेजी नयाँ वर्षको दिन अपरान्ह ५ बजे जलपानसहित डाकिएको बैठकमा असन्तुष्ट पक्षका नेता सहभागी भएनन् ।

असन्तुष्ट पक्षलाई बाहिर राखेर गरिएको एकपक्षीय निर्णय नसच्चाएसम्म सभापति देउवा र संस्थापन पक्षले बोलाएको बैठक तथा छलफलमा सहभागी नहुने निर्णय असन्तुष्ट पक्षले गरेको छ। त्यही निर्णयबमोजिम सभापति निवास बूढानीलकण्ठ बैठकमा सहभागी नहुने असन्तुष्ट पक्षको वार्ता टोलीका सदस्य हृदयराम थानीले अन्‍नपूर्ण पोस्टसँग बताए। उनले भने, ‘हामी आज पनि जाँदैनौं र बिहीबार सानेपामा बोलाइएको केन्द्रीय समितिको बैठकमा पनि सहभागी हुँदैनौं।’

बहुमतको आडमा पेलेर निर्णय लिन थालेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष देउवालाई दबाब दिन आक्रमक रणनीतिको तयारीमा छ। यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्‍त्री सशांक कोइराला, प्रकाशमानसिंह, डा रामशरण महत, कृष्णप्रसाद सिटौलाबीच विभिन्‍न चरणमा छलफल चलिरहेको छ।पार्टी उपसभापति विमलेन्द्र निधि सोमबार बिहान पौडेल निवास बोहराटार पुगेका थिए। तर त्यहाँ खासै वार्ता भएन। पौडेलले ‘तपाईँहरु पेलेर निर्णय गर्दै जाने अनि सहमतिको नाटक गर्ने’ भन्दै आक्रोश पोखेका थिए। पौडेलले ‘तपाईँहरु मन लागेको निर्णय गर्दैजानुस्, हामी पनि के गर्न पर्छ गर्छौ’ भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *