सन्दिप लामिछानेले शानदार बलिङ गरेपनि टिमलाई जिताउन भने सकेकनन्

खेलकुद

सिड्नी : अस्ट्रेलियामा जारी बीगबास लिग (बीबीएल) टी–२० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टोली मेल्बर्न स्टार्सले हार व्यहोरेको छ । सोमबार सिड्नीमा भएको खेलमा सिड्नी सिक्सर्ससँग २१ रनले स्टार्स पराजित भएको हो । टस जितेर स्टार्सले फिल्डिङ रोजेको थियो । खेल चलिरहँदा पानी परेपछि डिएल मेथडका आधारमा खेललाई १४ ओभरमा छोट्याइएको थियो । निर्धारित १४ ओभरमा सिक्सर्सले ४ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । १४४ रनको लक्ष्य पछ्याएको स्टार्स १४ ओभरमा ५ विकेट गुमाउँदै १२५ रनमा समेटियो ।

स्टार्सका लागि ओपनर मार्कस स्टोनिसले सर्वाधिक ६२ रन जोडे । यस्तै हिल्टन कार्टराइटले २१ रन जोडे भने निक म्याडिसन र कप्तान ग्लेन म्याक्सवेलले १२ रन बनाए । स्टार्सलाई रोक्न सिक्सर्सका बेन ड्वारसुइस र टोम कुरानले समान २÷२ विकेट लिए । नाथन ल्योनले १ विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको सिक्सर्सका लागि कप्तान मोसेस हेनरिकले सर्वाधिक ७२ रन बनाए। उनले ३१ बलमा ८ छक्का र २ चौका हिर्काए । त्यस्तै जेम्स भिन्सले ४१ रन जोडे । स्टार्सका लागि सन्दीपले २ विकेट लिए ।

उनले ओपनर जोश फिलिप र ड्यानिएल ह्युजेजलाई पेभिलियन फर्काएका थिए । उनले विकेट लिए पनि हारबाट उनको जोगिन सकेन । ३ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिएका थिए । ड्यानिएल वरलले भने १ विकेट हात पारे । यो हारसँगै यस सिजनमा स्टार्सले १२ खेलमा दोस्रो हार व्यहोरेको छ । यसअघि पहिलो खेलमा एडिलेइड स्ट्राइकर्ससँग ५ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *