मेलबर्नले १४४ रनको चुनौती पाउँदा सन्दीपले लिए एकै ओभरमा दुई विकेट

खेलकुद

एजेन्सी, ६ माघ । जारी बिग बास लिगमा सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टार्सलाई सिड्नी सिक्सरले १४४ रनेको चुनौती दिएको छ । टस जितेर फिल्डिङ रोजेको मेलबर्नले ठूलो चुनौती पाउँदा सन्दीप लामिछानेले दुई विकेट लिए । वर्षाका कारण १४ ओभरमा छोट्याइएको खेलमा सन्दीप लामिछाने चौैंथो ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए ।

उनले व्यक्तिगत पहिलो ओभरमै दुई विकेट लिए । उनले दुई विकेट लिएर तीन रन मात्रै खर्चिएका थिए । यसपछि सातौं ओभरमा आएर ११ रन खर्चिए भने एघारौं ओभरमा २४ रनको महँगो बलिङ गरे ।

अन्तिम चौध ओभरमा ओरलले दुई विकेट लिए । सिड्नी सिक्सरले चार विकेटको क्षतिमा १४३ रन बनाएको छ । मेलबर्न ११ मध्ये १० खेल जित्दै २० अंक सहित शीर्ष स्थानमा छ भने सिड्नी ११ खेलमा ६ जित्दै तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *