रोनाल्डो चम्कँदा यूभेन्ट्सको जित, शीर्षस्थानमा थप बलियो

खेलकुद

काठमाडौं : आइतबार इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले पर्मालाई २–१ गोलले हराउन सफल भयो ।

आफ्नै मैदानमा भएको उक्त खेलमा युभेन्टसले पर्मालाई हरायो । उक्त खेलमा युभेन्टसका लागी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । भने पर्माका एन्ड्रेज कोर्नेलिसले एक गोल गरे । उक्त खेलको ४३औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछी खेलको ५५औं मिनेटमा पर्माका एन्ड्रेज कोर्नेलिसले गोल गरी टीमलाई बराबरीमा पुर्याए । त्यसपछी खेलको ५८औं मिनेटमा रोनाल्डोले नै अर्को गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै युभेन्टसले अंक तालिकामा ४ अंकको अग्रता बनाएको छ ।

लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई हरायो, डाइक र सालाहले गरे गोल

इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हराएको छ । गएराति आफ्नै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन भर्जिल भान डाइक र मोहोमद सालाहले एक एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा लेष्टर सिटीलाई बर्न्लेले २–१ ले हरायो । हारसँगै लेष्टर सिटीले अंक तालिकाको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।

प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम गरेको लिभरपुलले एक खेल बढी खेलेको म्यान्चेस्टर सिटीसँग १६ अंकको फराकिलो अग्रता समेत बनाएको छ । लिभरपुलले २२ खेलबाट ६४ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४८ अंक छ ।

४५ अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा रहँदा चौथो स्थानको चेल्सीको ३९ तथा पाँचौ स्थानको म्यान्चेस्टर युनाइटेडको ३४ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *