सेलाएको दरबार हत्याकाण्ड २० वर्षपछि तात्यो, पूर्वराजा ज्ञानेन्द्रले दिए सरकारलाई चुनौती।।

राजनीति समाचार समाज

काठमाडौँ ।पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे छानबीन गर्न वर्तमान सरकारलाई चुनौती दिएका छन् । हत्याकाण्ड भएको २० बर्ष बितिसक्दा पनि आफुहरुले न्याय नपाएको पनि उनले बताएका छन ।
आफ्नै परिवारका सदस्यको हत्याको आरोप प्रत्यक्ष–अप्रत्यक्ष रुपमा लाग्ने गरेको भन्दै उनले त्यसले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

उनले एक ट्विट गर्दै भनेका छन, ‘प्रत्यक्ष/परोक्ष विभिन्न भावभंगीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजु र उहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराले हामीलाई निकै मर्माहत तुल्याउने गर्छ ।’

हत्याको छानबीन गर्ने अधिकार सत्तासिनहरुलाई हुने भन्दै उनले आफ्नो अनुकूलतामा बोल्दै हिंड्ने नेताहरुलाई चुनौतीको भाषामा भनेका छन् ,‘जनताको मत पाएका सत्तासिन व्यक्तिहरुलाई उहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ ।’

नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।

यो पनि पढ्नुहोस , जसपामा अलग भए बाबुराम। कित हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *