अब सार्वजनिक यातायात खुल्ने, सरकारले थाल्यो यस्तो तयारी

समाचार

असार २, काठमाडौं
कोरोनाले देशका सम्पुर्ण यातायात छेत्रलाई तहस नहस पारिरहेको बेलामा सरकारले दुई जनासम्म यात्रु राखेर काठमाडौ उपत्यकामा ट्याक्सी सन्चालन गर्न दिने तयारी गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिनेमा सकरात्मक देखिएको हो । तर, निर्णय भने भैसकेको छैन । यसबारे छलफल गर्न कोभिड(१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीलाई जिम्मा दिइएको एक मन्त्रीले जानकारी दिए ।

काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा चल्ने २० हजार ट्याक्सीहरु लकडाउनको मारमा परेको ट्याक्सी व्यवसायीहरुको भनाई छ । ट्याक्सी चलाएर जिविकोपार्जन गर्ने ११ हजार ट्याक्सी चालक र तीनमा आश्रीत झण्डै ८० हजार परिवारका सदस्य लकडानको मारमा परेको दावी उनीहरुको छ ।

ट्याक्सी चलाउन नपाउँदा र बचत नहुँदा ऋणमा जाने चिन्ता बढेको चालकहरु बताउँछन् । सरकारबाट ब्याज छुट हुने आशा गरेका उनीहरुले सरकारसंग जसरी पनि ट्याक्सी चलाउन दिनु पर्ने माग गरेका थिए ।

सरकारले यही असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।

विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ । वैशाख महिनाको भ्याट विवरण, आयकर, अन्तःशुल्क र गैरकर शीर्षकका कर तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ । २५ गतेसम्म कर नतिरे जरिबाना लाग्ने विभागले जनाएको छ ।

यसअघि सर्वोच्च अदालतले निषेधाज्ञाभर कर उठाउने सूचना ननिकाल्न सरकारको नाममा अन्तरिम आदेश दिएकोमा हिजो भने कर उठाउन सूचना तोक्न सक्ने गरी आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *