नेता खनालको मिर्गौला फेल, उपचारका लागि नयाँ दिल्ली

राजनीति

२ असार, काठमाण्डौ
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतको एपोलो अस्पताल प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालको स्वास्थ्यमा थप समस्या आएपछि दिल्ली लगिएको हो ।

स्वास्थमा समस्या आएपछि उनलाई केहि दिनअगाडी नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको मिर्गौला फेल भएको अस्पताल स्रोतले जनाएको छ । नेता खनालको उपचार नेपालमै संभव हुँदा पनि भारतको अस्पतालले उतै ल्याउन भनेकोले उनलाई भारत नै लगिएकोको बताइएको छ ।

‘अहिले उहाँलाई देखिएको समस्या भनेको मिर्गौला फेल भएपछि हुने समस्या हो । उहाँको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । त्यसैले अक्सिजनको नियमित सपोर्टमा राख्नु परेको छ’, अस्पताल स्रोतले भन्यो ।

स्रोतका अनुसार हिजो उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्टमात्रै लिन सक्यो । यसको अर्थ उनको मुटुले राम्रो काम नगरिरहेको चिकित्सकले बताएका छन् । यसैगरी पिसाबमा पनि इन्फेक्सन देखिएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता र नेता माधव कुमार नेपालका लागि अध्यक्ष पद छोड्ने भएका छन् । यसका लागि माधव नेपाललाई एकल अध्यक्ष बनाउन ओली राजी भएका छन् ।

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने र प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने मुद्धासहित माधव नेपाल समूहको हस्ताक्षर पनि लिएर अदालत गएको विपक्षी गठबन्धनमा तरंग उत्पन्न भएको छ । ओलीले प्रहार गरेको अस्त्रबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *