भारतले अष्ट्रेलियालाई पराजित गर्दा बने यी ठुला रेकर्डहरु

खेलकुद

काठमाण्डाै : अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटको सिरिज भारतले जितेको छ । अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियाले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको भारतले तीन विकेट गुमाएर ४७ दशमलव ३ ओभरमा लक्ष्य भेट्यायाे । भारतलाई सिरिज जिताउन रोहित शर्माले ११९ रनको शतकीय पारी खेले । खेल जीवनको २९ औं एकदिवसीय शतक प्रहार गर्ने क्रममा उनले १२८ बलमा ८ चौका ६ छक्का प्रहार गरे ।

यस्तै कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय पारी खेले । भारतका लागि श्रेएस आयरले अविजित ४४ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका जोश हाजलउड, अश्टन अगर र एडम जाम्पाले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि स्मिथले शतकीय पारी खेले । १३२ बल खेलेका उनले १४ चौका र एक छक्काको सहयोगमा १३१ रन बनाए । त्यस्तै मर्नुसले अर्धशतकीय पारी खेले । ६४ बल खेलेका उनले पाँच चौकाको सहयोगमा ५४ रन बनाए ।

भारतको जितसँगै बनेका रेकर्ड यस्ता छन्

> रोहित शर्माले अस्ट्रेलियाविरुद्ध आठौं शतक प्रहार गरे। उनले ४० इनिङ खेलेर आठौं शतक हिर्काए। अस्ट्रेलियाविरुद्ध बढी शतक हिर्काउने खेलाडी सचिन तेन्दुलकर हुन्। उनले ९ शतक हिर्काउन ७० इनिङ खेलेका थिए। कोहलीले पनि अस्ट्रेलियाविरुद्ध ८ शतक हिर्काइ सकेका छन्। उनले यी शतक ३८ इनिङ खेलेर पूरा गरेका थिए। समग्रमा रोहित, सचिन र कोहली कुनै विपक्षी टिमविरुद्ध ८ वा त्यो भन्दा बढी शतक हिर्काउने खेलाडी बने। सचिनले श्रीलंकाविरुद्ध पनि ८ शतक हिर्काएका थिए।

> रोहितले एकदिवसीय खेलमा २९औं शतक हिर्काए। जससँगै रोहित एकदिवसीय खेलमा बढी शतक हिर्काए खेलाडीको चौथो स्थानमा उक्लिए। उनले श्रीलंकाका सनथ जयसूर्यालाई पछि पारे। एकदिवसीयमा सचिनले सर्वाधिक ४९ शतक, कोहलीले ४३ शतक र रिकी पोन्टिङले ३० शतक हिर्काएका छन्। रोहितले सन् २०१७ यता मात्र १९ शतक प्रहार गरिसकेका छन्।

> कोहलीले एकदिवसीय खेलमा सय अर्धशतक पूरा गरेका छन्। सय शतक पूरा गर्ने उनी पाँचौ ब्याट्सम्यान हुन्। सचिनले बढी अर्धशतक प्रहार गर्ने क्रममा १४५ पटक ५० रन कटाएका थिए। कुमार संगाकारा, रिकी पोन्टिङ र ज्याक कालिसले पनि सय अर्धशतक पूरा गरेका थिए।

> कोहली र रोहितबीच एघारौ पटक शतकीय साझेदारी भएको छ। उनीहरुले लक्ष्य पछ्याउने क्रममा शतकीय साझेदारी गरेका हुन्। लक्ष्य पछ्याउने क्रममा बढी शतकीय साझेदारी गर्न रोहित र कोहलीको जोडी दोस्रो स्थानमा छ। शीर्ष स्थानमा सौरभ गांगुली र सचिनको जोडी छ। उनीहरुबीच १७ पटक शतकीय साझेदारी भएको थियो। कोहली र रोहितले अस्ट्रेलियाका एडम गिलक्रिस्ट र माथ्यु हेडनबीच भएको दशौं पटकको शतकीय साझेदारीलाई पछि पारेका छन्।

> कोहली र रोहितले एकदिवसीय खेलमा ४८ सय ७८ रनको साझेदारी गरेका छन्। यो सर्वाधिक साझेदारीको दोस्रो ठूलो स्कोर हो। जससँगै शिखर धवन र रोहितबीचको साझेदारिलाई पछि पारिएको छ। धवन र रोहितबीच ४८ सय ४७ रनको साझेदारी भएको छ। सर्वाधिक साझेदारी भने सचिन र गांगुलीबीच ८२ सय २७ रनको भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *