पुनः चम्किए किङ मेसि ! उनकै निर्णायक गोलमा बार्सिलोना शीर्ष स्थानमा

खेलकुद

एजेन्सी, ६ माघ । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोना पुन: शीर्ष स्थानमा उक्लिएको छ । आइतार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ग्रानाडालाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना पुन: शीर्ष स्थानमा उक्लिएको हो । शनिबार राति भएको खेलमा सेभिल्लालाई २-१ गोल अन्तरले पारजित गर्दै शीर्ष स्थानमा उक्लिएको रियल मड्रिड दोस्रो स्थानमै झरेको छ ।

बार्सिलोनाले २० खेलबाट ४३ अंक जोडेको छ भने समान खेल खेलेको रियलले पनि ४३ अंकै जोडेको छ । गोल अन्तरका आधारमा बार्सिलाेना अघि रहँदै आएको छ । बार्सिलोनालाई कठिन जित दिलाउनको लागि कप्तान लियोनल मेस्सीले गोल गरे । निकै प्रतिस्पर्धात्मक भएको खेलमा कप्तान मेस्सीले ७६ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै निर्यणक गोल बन्न पुग्याे ।

करिब चार महिना अगाडि ग्रानाडाको खेल मैदानमा भएको खेलमा बार्सिलोना ग्रानासँग २-० गोल अन्तरले पराजित भएको थियो । नयाँ प्रशिक्षक किके सेटिनको नेतृत्वमा बार्सिलोनाको याे पहिलो खेल हो । सुपरकपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग बार्सिलोना ३-२ गोल अन्तरले पराजित भएपछि बार्सिलाेनाले प्रशिक्षक अर्नेस्तो भाल्भेर्देलाई बर्खास्त गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *