संसद पुर्नःस्थापना हुदैँन, चुनाव पनि हुदैँन, नेपालमा राष्ट्रपति शासन लागु हुदै, सेना सडकमा ओर्लिने

राजनीति

२८ जेठ, काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई चुनावमा लैजान कात्तिक २६ र मंसिर ३ को मिति तय गरेका छन् । तर वर्तमान अवस्थालाई हेर्दा संसद् पुनःस्थापना पनि नहुने र निर्वाचन पनि नहुने आँकलन गर्न थालिएको छ । त्यसो भए मुलुक कसरी अगाडी बढ्ला त रु

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक पुस ५ मा संसद् विघटन गर्दा नेकपा एकता खारेज भयो । नेकपा एकता खारेज भएर ब्यँुतिएको एमाले भने ओलीले जेठ ७ को मध्यरातमा दोस्रोपटक संसद् विघटन गर्दा विभाजित भएको छ । शक्तिआर्जनको हुटहुटीमा रहेका ओलीका कारण पार्टीमात्रै विभाजित छैन, राष्ट्रिय राजनीति नै विथोलिएको छ । ओलीका यी सबै कदममा राष्ट्रपति विद्यादेवी भण्डारीको दरिलो साथ छ ।

सरकार गठनको सम्भावना हुँदाहुँदै राष्ट्रपतिले ओलीलाई साथ दिएर अघि बढेपछि बहालवाला प्रधानमन्त्री एकातिर छन भने पाँच पुर्वप्रधानमन्त्री अर्कोतिर छन् । यद्यपी ओलीको कदम असंवैधानिक र न्यायोचित नभएको भन्दै सोमबार पुर्वप्रधानमन्त्रीसहितका १४६ सांसदहरु सशरीर सर्वोच्चको ढोका घच्घच्याउन पुगेकाले अब यसको छिनोफानो अदालतले गर्नेछ ।

तर अहिलेको बस्तुस्थितिलाई विश्लेषण गरिरहेकाहरु भने संसद् पुनःस्थापना पनि नहुने र निर्वाचन पनि नहुने बताईरहेका छन् । विश्लेषकहरुका अनुसार संसद् पुनःस्थापना पनि नहुने र निर्वाचन पनि नभएको अवस्थामा देश राष्ट्रपतिको शासनमा चल्ने बताउँछन् ।

प्रधानमन्त्री ओलीको अनुकुल हुनेगरी राष्ट्रपतिले शासन चलाउन सक्ने र जसको शुरुवात प्रदेश प्रमुख हेरफेरमा राष्ट्रपतिले देखाएको तदाकरुकतालाई लिने सकिने उनीहरुको बुझाई छ । यद्यपी विपक्षीहरु यो स्वीकार्दैनन् । किनकि राष्ट्रपति र प्रधानमन्त्रीले भड्कालोमा हालेको देशलाई सर्वोच्चले लयमा फर्काउने उनीहरुको विश्वास छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबाट गरिएको संविधानको ठाडो उल्लंघनबाट नेपाली समाजमा एकैसाथ तनाव र आक्रोश पैदा भएको छ । दुवै मिलेर संविधानलाई चिथोर्ने र लोकतान्त्रिक मूल्य–मान्यता भत्काउने काम गरेको स्पष्टै देखिन्छ । तथापी सत्तारुढ दलका नेताहरु अबको विकल्प चुनाव नै भएकाले यसमा शंका गर्नुपर्ने आधार नभएको बताउँछन् ।

कदाचित तोकिएको मितिमा निर्वाचन नभए राष्ट्रपतिले शासन आफ्नो हातमा लिन सक्ने पर्याप्त आधार देखिदैन । राष्ट्रपतिले शासन चलाउन सेनाको सहयोग चाहिन्छ । सेना सम्पूर्ण रुपमा उनका लागि बन्दुक बोकेर विरोधीहरूमाथि गोली प्रहार गर्न तयार भएर सडकमा आउनुपर्छ ।

तर अहिले नेपाली सेनाबाट यस्तो अपेक्षा गरिएको छैन । तथापी नेपालको राजनीति न हो, नेताहरु विदेशी र अमुक शक्ति केन्द्रको तालमा नाच्ने भएकाले राष्ट्रपति शासन असम्भव देखिदैन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *