सर्वोच्च अदालत भन्दा बाठो बन्दा फसे प्रचण्ड, यस्तो मुद्धा ठोक्ने तयारी

राजनीति

२८ जेठ
न्यायाधीश छनोटमा बखेडा झिकेर संवैधानिक इजलासमा अवरोध सिर्जना गरेको विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतलाई प्रभावित पार्ने खेल सुरु गरेको छ ।

१४६ जना सांसदको रिट निवेदन लिएर अदालत पुगेका देउवा प्रचण्ड माधव नेपाल र उपेन्द्र यादवले अदालतलाई प्रभावित पारेर आफ्नो पक्षमा फैसला ल्याउन सक्रिय भएका हुन् ।

यसैक्रममा अदालतलाई प्रभावित पार्नेगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएका छन् । आफै रिट निवेदकसमेत रहेका प्रचण्डले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने ठोकुवा गरेका छन् । अदालतको फैसला आउनुअघि नै मुद्दाका एक पक्ष प्रचण्डले फैसला सुनाएका हुन् ।

अघिल्लो प्रतिनिधिसभा विघटन हुँदा अदालतलाई प्रभावित पार्नेगरी विवादित अभिव्यक्ति दिएका कारण अदालतको अवहेलना मुद्दा खेपेका प्रचण्डले फेरि त्यस्तै रवैया दोहोरयाएका छन् । उनको अवहेलना मुद्दा अदालतमा विचाराधिन रहेका बेला अर्को अवहेलना मुद्दा लाग्ने स्थिति आएको छ ।

प्रचण्डले मंगलवार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा अहिले नांगो रुपमा संसद विघटन गरिएकाले पुनर्स्थापना हुने ठोकुवा गरे । ओलीले ५ पुसमा गरेको संसद विघटनलाई फिर्ता ल्याएको बताउँदै यसपालि पनि लडेरै पुनर्स्थापना गराउने अभिव्यक्ति दिए ।

कांग्रेस, माओवादी, माधव नेपाल, उपेन्द्र र जनमोर्चा मिलेर पुनर्स्थापना गरेरै छाड्ने उनले बताए । उनको यो अभिव्यक्ति उचित नभएको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए । यो अदालतलाई प्रभावित पार्नेगरी आएको भन्दै यसमा कन्टेम्प्ट अफ कोर्टको मुद्दा लाग्ने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *