ठुलोसानो हेरीदैन अब फाइल घुमाइने छैन्, सिधासिधा एक्शन हुन्छ : गृहमन्त्री अधिकारी

राजनीति समाचार

काठमाडौं। नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृहबाट हुने काममा अब फाइल घुमाउन छुट नहुने बताएका छन् । बिहीबार पदभार ग्रहणपछि पत्रकारसँग बोल्दै उनले यस्तो बताएका हुन् । यसबाहेक उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदाजस्तै काम गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘अब त्यही गतिमा जानुपर्छ, कामबाटै परिणाम ल्याऔं ,काममै जाऔं । ’ यसबाहेक उनले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएका कारण जनतालाई राहत दिन ढिला गर्न नहुने बताएका छन् ।

एमाले मिलाउन गोकर्ण विष्टले ल्याए मध्यमार्गी प्रस्ताव, नमाने माधव नेपाल सिध्दिने
काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने बताएका छन् ।

पार्टीभित्रको आन्तरिक किचलो विभिन्न बहाना र रुपमा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताको लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने स्पष्ट पारे ।

नेता विष्टले दुवै पक्षका नेताहरुले आफ्नो व्यक्तिगत इगो, मैले गरेको सहि भन्ने अडान त्याग्नुपर्ने बताए । प्रतिनिधि सभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठेरो हुने र प्रधानमन्त्रीविरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ यसैलाई मानेर अगाडि बढेर एकताको बाटोमा आउन सकिने उपाय हुने बताए ।

पार्टीभित्र देखिएको व्यक्ति व्यक्तिबिचको टसलले, अडानको कारणले पार्टीलाई नै समाप्त पार्ने दिशामा लैजान नदिन पार्टी एकता र कम्युनिष्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरेर पनि एकताको ढोका खोल्न सकिने नेता विष्टले तर्क गरे ।

पार्टीको आन्तरिक किचलोमा पार्टीभित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिहरुले खेलिरहेको स्वीकार गरे। बाहिर भएकालाई पार्टीभित्रै ल्याउनै हुन्न भन्ने र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो बनाउनुपर्छ भन्ने विचारले अन्तरकलह बढाइरहेको नेता विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *