मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएपछि माधव पक्ष तनावमा, भीम रावलनिकट यी सांसद लागे ओलीतिर

राजनीति

जेठ २६
मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएपछि माधव समूहमा असन्तुष्टि, भीम रावलनिकट यी सांसद लागे ओलीतिर
धनगढी । सुदुरपश्चिम प्रदेश सभामा बाजुराबाट निर्बाचित प्रदेश सभा सदस्य बलदेव रेग्मीले एमालको नेपाल समूह छोडेका छन् । माधव नेपाल समूहले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि असन्तुष्ट प्रदेश सांसद रेग्मी प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको संस्थापन पक्षतिर लागेका छन् ।

सांसद रेग्मी उनले मंगलबार भएको मतदानमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएनन् । विपक्षमा मतदान गरे । रेग्मी नेपाल समूहमा भीम रावल निकट थिए ।

रेग्मीले समूह परिवर्तन गरेसंगै सुदूरपश्चिम प्रदेश सभामा ओली पक्षीय प्रदेश सभा सदस्यको संख्या सात पुगेको छ । नेपाल पक्षमा अव १७ प्रदेश सभा सदस्य छन् ।

माधव नेपाल पक्षको अत्याधिक बहुमत रहेको संसदीय दलले मुख्यमन्त्रीका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

मुख्यमन्त्रीका विपक्षमा नौ मत परेकोमा सात मत ओली समूहका एमालेको हो । दुई मत भने राजपाको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *