भिम रावल माओवादीमा प्रवेश, प्रचण्डले यस्तो जिम्मेवारी दिंदै

राजनीति

२६ जेठ
एमाले नेता पूर्वमन्त्री भीम रावलले आफू र आफ्ना नेता कार्यकर्तालाई माओवादीमा विलय हुने योजना रहेको तथ्य स्वंयमले खोलेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका मुख्यमन्त्रीलाई भोट हाल्न लगाएर माओवादी सरकार जोगाएपछि आफ्नो आदर्शबाटै च्यूत भएको तथ्य नेता रावलले खोलेका हुन् ।

कुनै समय नेपाली सञ्चारमाध्यममा बन्दुके कमरेडको उपनामबाट परिचित पूर्वगृहमन्त्री रावलले आफ्नो प्रदेशमै माओवादीमा विलय हुने योजनाको सुरुवात गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्विटर ह्याण्डलमार्फत मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिँदै विधि, विधान र पद्धति मिच्नेहरुले राजनीतिक नैतिकताको केही शिक्षा लिने कि भन्दै प्रश्न समेत गर्नुभयो ।

रावलकै निर्देशनमा माओवादीका मुख्यमन्त्रीलाई एमालेका सांसदले विश्वासको मत दिएका हुन् ।

यसैबीच, यता नेकपा एमाले मिलाउन दुबै पक्षका ४९४ जना नेताहरु समिट होटलमा वार्ता गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव माधवकुमार नेपाल समूहले अस्वीकार गरेको भोलिपल्ट दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका हुन् ।

एमालेको दुवै समूहका दोस्रो तहका नेता पार्टीमा देखिएको विवाद मिलाउन आज वार्तामा जुटेका हुन् । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता सुरु भएको हो। एमाले मिलाउन प्रधानमन्त्री ओलीले आइतवार राति ६ बुँदे प्रस्ताव गरेका थिए ।

तर नेपाल पक्षले सोमबार स्थायी कमिटी बैठक बोलाएर ओलीले अल्मल्याउने रणनीतिसहित प्रस्ताव ल्याएकाले स्वीकार्न नसकिने निर्णय लिएको थियो। त्यस्तै आज एमालेको निर्देशन अवज्ञा गर्दै नेपाल पक्षले नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सघाइसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *