ओलीले कालो कर्तुत पर्दाफास गरे पछि प्रचण्डको रुवाबासी, हतार हतार चाले यस्तो कदम

राजनीति

जेठ २६, कठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार साझ एमाले एकता जोगाउन आह्वान गरे ।

जेठ २ मा फर्किन आफू तयार रहेको पनि घोषणा गरे । साथै ओलीले नेकपा अदालतले नभई प्रचण्डको रवैयाले खारेजको भएको खुलासा पनि गरे ।

हुन त एकता भंग हुनुमा प्रचण्डको कति भूमिका छ भन्ने सर्वविदितै छ । माधव नेपाललाई च्यापेर प्रचण्डले गरेको गुटबन्दी सायदै कसैले भुलेको होला । तर अहिले ओलीले छर्लङ्ग हुनेगरी बाहिर ल्याएपछि प्रचण्ड तनावमा परे । एक त माधव नेपाललाई आफूसँग राख्ने, एमाले फुटाउने योजनामा ओलीको आह्वानले अवरोध हुने भयो ।

दोस्रो नेकपा भंग हुनुमा आफ्नै हात रहेको खुलेपछि प्रचण्डलाई डबल तनाव भयो । सुरुमा आफ्नो कर्तुतको गरिएको पर्दाफास ढाकछोप गर्न सामाजिक सञ्जालमा स्टाटस लेखे । दोस्रो माधव नेपाललाई एकताबाट रोक्न नेपाल भेट्न कोटेश्वर पुगे । नेपाललाई लिएर शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगे ।

ओलीको एकताको पहले प्रचण्ड निकै तर्सिए । उनले आफ्नो भूमिकाबारे भएको पर्दाफासलाई षडयन्त्रपूर्ण देखे । अरु कुरा लेखेर नपत्याउने भएपछि त्यसलाई षडयन्त्र भनेर लेखे ।

प्रचण्डले लेखे, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रचण्डले भत्सर्ना गरेपछि नेकपा एकता भंगमा उनको भूमिका भने कतै लुकेको छैन । ओली हटाउन कतिसम्म मोर्चाबन्दी गरेका थिए त्यो सबैसामु छर्लङ्ग छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए ।

अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको ओलीले बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *