अन्ततः माधव समूहको यस्तो निर्णय गरेपछि पार्टीमा स्वागत, उकुसमुकुस भएका प्रधानमन्त्री ओली झस्किए

राजनीति

२५ जेठ, काठमाडौँ
नेकपा एमालेबाट निष्कासित नेता माधव नेपाल नेतृत्वको समूहको स्थायी कमिटी बैठक सकिएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ।

ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय यो पक्षको सोमबारको स्थायी कमिटी बैठकले गरेको हो। बैठकमा सामेल स्थायी कमिटी सदस्य बेदुराम भुसालले ओलीले फेरि पनि जालझेलपूर्ण कुरा गरेकाले उनको प्रस्ताव नमान्ने निर्णय आफूहरुले गरेको बताए।

माधव पक्षले आफ्नो निष्कर्ष केहीबेरमा लिखित रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ। माधव समूहको यस्तो निर्णयले प्रधानमन्त्री ओलीलाई झड्का लाग्ने निश्चितपा्रयः छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *